काठमाडौँ, २७ पौष । नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन सुरु भएको छ ।
फिल्मको छायाँकन सोबारबाट काठमाडौँको डिल्लीबजारदेखि शुरू भएको हो । प्रेमकथामा बन्न लागेको फिल्म रमेश एम के पौडेलले निर्देशन गर्दैछन् । उक्त फिल्ममा साम्राज्ञीको अलवा पुष्प खड्का, सरोज खनाल ,सन्दिप क्षेत्री, खबपु, इमिली लामालगायतको अभिनय रहनेछ । फिल्मको विशेष भूमिकामा अभिनेता ध्रुवदत्त प्रस्तुत हुनेछन् ।
आर्यन फिल्मस् तथा बोधी एचडी अमेरिकाको ब्यानरमा बन्न लागेको यो फिल्मका निर्माता पासाङ लामा र सह निर्मातामा निरु भण्डारी, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।