प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता माघ पहिलो साता

काठमाडौँ, २५ पौष । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी माघ पहिलो सातादेखि सञ्चालन हुने भएको छ । 

काठमाडौँमा माघ २ गते सुरु भइ उक्त प्रतियोगिता माघ १७ गते सम्पन्न हुने छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान)ले शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । 

उक्त प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । 

सहभागी हुने १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् । 

उद्घाटन खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुने छ । उक्त खेल कीर्तिपूरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ । फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र