काँग्रेस र कम्युनिष्टको विकल्प राप्रपा: अध्यक्ष थापा

तनहुँ, २४ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले धर्म संस्कृति कमजोर बनाइएकाले समाजमा अनैतिक कार्यले प्रश्रय पाएको बताउनुभएको छ ।

प्रपा तनहुँले आज दमौलीमा आयोजना गरेको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण समारोहमा अध्यक्ष थापाले धर्म संस्कृतिमाथि आक्रमण बढेकाले नैतिकताको धरातल कमजोर बनेको बताउनुभयो ।

लोकतन्त्रको नाउँमा विगतमा दलहरुले गलत बीउको बीजारोपण गर्ने काम गरेको आरोप लगाउँदै थापाले नेपाली परिवेश सुहाउँदो प्रजातन्त्रको विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । काँग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएकाले सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको धरातलमा मात्रै देश विकास सम्भव रहेको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ माघ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज नेपाल आएको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट

काठमाडौँ, ८ माघ । नेपाल राष्ट्र बैंकले आज बिहिबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।  Exchange Rate

काठमाडौँ, ८ माघ । काम रोक्न नेपाली पक्षले गरेको आग्रहलाई उपेक्षा गर्दै भारतले महाकालीमा एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको छ ।

काठमाडौँ, ८ माघ । मेलम्ची खानेपानी आयोजाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । विगतको