बाध्यकारी स्थिति आएमा मुलुक अन्य कोर्षमा जानसक्छः मन्त्री ढकाल

विराटनगर, २४ पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले मुलुकमा विशेष, छुट्टै परिस्थिति विकास भए वा बाध्यकारी स्थिति आएमा मुलुक अन्य कोर्षमा जानसक्ने धारणा व्यक्त गर्नुभएको छ ।

शुक्रवार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेकपाका नेतासमेत रहनुभएको मन्त्री ढकालले सरकार प्रदेशसभा विघटनको पक्षमा नरहेको बताउँदै सरकार केन्द्रको निर्वाचनको जुटिसकेको र अन्य सरकारलाई विधि सम्मत चल्न दिने पक्षमा रहेको बताउनुभयो ।

केही राजनैतिक दलहरुले सरकारविरुद्ध मुद्दा नपाएकाले निर्वाचनको तयारी गर्न सडकमा ओर्लिएको बताउँदै मन्त्री ढकालले राजनैतिक दलहरुलाई सडक आन्दोलन भन्दा पनि निर्वाचनको तयारी गर्न आग्रह गर्नुभएको छ ।

मन्त्री ढकालले सरकारले गरेको प्रतिनिधि सभा विघटनको कार्य केहीले असंवैधानिक भनिरहेका बेला सर्वोच्च अदालतले संवैधानिक विषय भनेर संवैधानिक इजलासमा लगेकोले पनि संवैधानिक नै भएको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनष्टि पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल

मोरङ, ३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई

काठमाडौँ, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई किन अवरोध गरेको

काठमाडौँ, ३ माघ । सहरी विकास मन्त्री प्रभु साहले देशलाई पुष्पकमल दाहाल प्रचण्डमुक्त नगरीए ठुलो दुर्भाग्य हुने बताएका छन् ।