काठमाडौँ, २४ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको यात्रालाई लक्षीत विन्दुमा पुर्याएर छाड्ने उद्घोष गर्नुभएको छ ।
आज सुदुरश्चिमको धनगडीमा आयोजित विशाल भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुले देश र जनताको लागि केही न केही गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । पार्टी भित्रको आन्तरिक विवादका कारण बाध्यताबस प्रतिनिधिसभाको विघटन गर्न पुग्नुभएका प्रधानमन्त्री ओलीले आगामी निर्वाचन पछि पुनः पार्टी तथा सरकारको नेतृत्व गरी जनताको विकास प्रतिको सपना पुरा गरेरै छाड्ने संकेत गर्नुभयो ।
आगामी निर्वाचन र महाधिवेशन पछि पार्टी तथा सरकारको नेतृत्व नगर्ने घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले देश र जनताको भावना अनुसार पुनः नेतृत्व गर्ने संकेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले मैले हस्ताक्षर गरेको नेतालाई भोट दिएर जिताउनुस्, विकासको जिम्मा म लिन्छु ।’ यसबाट के प्रष्ट बुझ्न सकिन्छ भने आफुले हस्ताक्षर गरेको व्यक्तिलाई जिताएमा विकासको जिम्मा आफुले नै लिने भन्नु नै अब पुनः केही समय प्रधानमन्त्री ओलीले पार्टी तथा सरकारको नेतृत्व गर्ने संकेत गर्नुभयो ।
देशभर प्रधानमन्त्रीले आगामी निर्वाचन तथा पार्टीको महाधिवेशन पछि नेतृत्व नगर्ने घोषणा गर्नुभएसँग उहाँको माग बढ्दो देखिएको थियो । पछिल्लो पार्टीभित्रको आन्तरिक विवादका कारण देशभरका युवाहरुले आजलाई हैन, भोलीलाई– १० वर्ष केपी ओलीलाई भन्दै अभियान नै सञ्चालन गरिरहेका छन् । उक्त जनताको मागलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने संकेत गर्नुभयो ।
परिवारवाद, आफन्तवाद, भ्रष्टवाद, राष्ट्रघाती, आत्मघातीहरुले मुलुकमा भएको विकास र समृद्धिको कुनै पनि कुरा नदेख्ने गरेको भन्दै उहाँले मुलुकमा विकास र समृद्धिको द्रुत गतिमा काम भएको साथै लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका गुमेको नेपाली भूभाग फिर्ता ल्याउने औपचारिक प्रकृया शुरु भएसँगै आफ्नो नेतृत्वको सरकार ढाल्न खोजीको बताउनुभयो ।
पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाललाई लक्षीत गर्दै उहाँले भन्नुभयो, ‘रातमा मात्र आँखा देख्ने लाटोकोशेरोले दिउँसोको झिलिमिलि देख्न सक्नदैनन् । किर्ते गर्नेको वानी कहिले छुट्दैन रहेछ ।’