काठमाडौँबाट इन्डोनेसियाको जर्कातामा सिधा हवाई उडान

काठमाडौँ, २४ पौष । अब काठमाडौं र इन्डोनेसिया सीधा उडानबाट जोडिने भएका छन् । इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले राजधानी जकार्ताबाट काठमाडौंका लागि सिधा उडान गर्न लागेको हो ।

सोही प्रयोजनका लागि कम्पनीले नेपालमा सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसलाई जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्ति गरेको छ । सोसाइटी इन्टरनेशन ट्राभल सर्भिसकी सञ्चालन विभाग प्रमुख संगिता रौनियारका अनुसार आगामी जुन-जुलाईबाट गरुडा इन्डोनेसियाले इन्डोनेसियाको राजधानी जाकार्तास्थित सोइकर्नो हट्टा अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिभुवन विमानस्थलमा सिधा उडानको योजना बनाएको छ ।

इन्डोनेसियामा नेपालको राष्ट्रिय ध्जवाबाहक वायुसेवा कम्पनीले समेत उडानको योजना बनाएको छ । नेपाल वायुसेवा निगमको १० वर्षे व्यवसायिक कार्ययोजना अनुसार सन् २०२३ बाट मात्र नेपाल वायुसेवा निगम वाइडबडी जहाजसहित इन्डोनेसियामा सेवा बिस्तारको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ। संवैधानिक इजलासमा भएको बहसमा मुद्दा

काठमाडौँ, २ माघ । सरकारले आजबाट ‘नागरिक मोबाइल एप्स’ सार्वजनिक गरी परीक्षण गरेको छ ।  मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै आज सञ्चार तथा

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य