प्रचण्ड–माधव समूहमा फेरि गयो पहिरो

काठमाडौँ, २४ पौष । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालका राम्रा नेताहरूले गुट परिवर्तन गरेर सर्लाही जिल्लामा प्रधानमन्त्री केपी ओलीको समूहतिर लागेका छन् ।

सर्लाहीमा प्रचण्ड निकट मानिने पूर्वसांसद शिवपुजन राय, राजनारायण राय यादव, शम्भु पासवान, पूर्व पार्टी सचिव राजकुमार यादवलगायतका एक दर्जन बढी राम्रा नेताहरू ओली समूहमा खुलेर लागेपछि प्रचण्ड-माधव समुहमा फेरी पहिरो गएको छ ।

मावधकुमार नेपाल निकटका ममता सिंह राजपुत, सञ्जीव सिंहलगायतका नेताहरू पनि ओली समूहतिर लागेका छन् । ओली समूहले योही पौष २८ गते मलंगवामा भब्य प्रदर्शनको तयारी गरेको छ । प्रदर्शनलाई उप–प्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश २ का ईञ्चार्ज सत्यनारायण मण्डल, प्रदेश २ का अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेल, लीलानाथ श्रेष्ठ, जुली महतो, रघुवीर महासेठ लगायतले सम्बोधन गर्ने जनाइएको छ ।

सर्लाही जिल्लामा ओली समूहले आफ्नो दब्दबा कायम राखेको छ । सर्लाही जिल्लामा ओली समूहका केन्द्रीय सदस्यहरू बद्रीप्रसाद न्यौपाने, कमलादेवी महतो, राजनारायण साह, हरि उप्रेती, गणेश प्रसाइँ र कल्पना कटवाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सप्तरी, ८ माघ । सप्तरीको डक नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु एको छ । खडक नगरपालिका-११

काठमाडौँ, ८ माघ । लागुऔषध खैरो हिरोइन कारोवार गर्ने नौ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौँ

काठमाडौँ, ८ माघ । हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको

वि.सं. २०७७ साल माघ ०८ गते । बिहीबार । इस्वी सन् २०२१ जनवरी २१ तारिख । नेपाल संवत् ११४१ ।