सिन्धुपाल्चोकमा २४५ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन

सिन्धुपाल्चोक, २३ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले दुई सय ४५ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

उपप्रधानमन्त्री तथा नेकपाका सचिवालय सदस्य इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा आज भएको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेला तथा विस्तारिक बैठकले उक्त कमिटीको घोषणा गरेको हो । बैठकले पहिलेको १ सय ४५ जना र आज १ सय जना थप गरी २ सय ४५ जनाको अधिवेशन आयोजक कमिटी गठन गरेको हो ।

बालकृष्ण देउजा संयोजक र चन्द्रबहादुर धिमालकोटी सहसंयोकजसहित २४५ सदस्यीय अधिबेशन आयोजक कमिटी निर्माण गरेको हो । साथै अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुपाल्चोकको संयोजकमा उमा प्रधान चयन हुनुभएको छ । पार्टीका पहिलेका अध्यक्ष झम्क नेपालले पार्टी हित विपरित कार्य गरेकाले पार्टी जिल्ला अध्यक्षबाट हटाई जिल्ला सदस्यमा कायम गरिएको छ ।

नेकपाभित्र आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको समयमा सिन्धुपाल्चोकले नयाँ जिल्ला अधिवेशन आयोजक कमिटी निर्माण गरेको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको उल्लेख गर्दै सूर्य चिन्ह र नेकपाको नाममा फुटेर जानेले आखाँ नलगाउन समेत आयोजक कमिटले आग्रह गरेको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आगामी बैशाखमा हुने मध्यावधी निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिँदै मुलुकको विकास र समृद्धिको यात्रामा द्रुत गतिमा अगाडी बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपालका कारण पार्टीको एकता भंग हुने चरणमा रहेको उल्लेख गर्दै प्रचण्ड–माधवले पार्टीभित्र आत्मघाती काम गरेको आक्रोस व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले नेतृत्व गरेको पार्टी नै संस्थापन पक्ष भएको दावी गर्दै उपप्रधानमन्त्री पोखरेलले सूर्य चिन्ह ओली नेतृत्वको नेकपाको नै हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले नेतृत्व गरेको पार्टी नै संस्थापन पक्ष हो । तथ्य र प्रमाणका आधारमा समेत कुनै संका छैन । त्यसैले जहाँ केपी ओली, त्यही नेकपा र सूर्य चिन्ह हुन्छ ।’

युवा तथा खेलकुद मन्त्री दावा तामाङ तथा पार्टी बाग्मती प्रदेशका सचिव आनद्यन पोखरेलसहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्