रुकुम पुगेर नेता बस्नेतद्वारा प्रचण्डलाई चुनौतिः ‘दुई शर्त पुरा गर्नुस्, सूर्य चिन्ह दिन्छौं’

रुकुम, २३ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले तत्कालिन माओवादी केन्द्रको आधार इलाकाको रुपमा रहेको रुकुम पुगेर पुष्प कमल दाहाल प्रचण्डलाई खुल्ला चुनौति दिनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रुकुमले आज मुसिकोटमा आयोजित कार्यक्रममा वृहत युवा भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाको हुनेमा कुनै संका नभएको उल्लेख गर्नुभयो । तत्कालिन माओवादीको हसिया हथौडा चिन्हले चुनाव लडेर जनताको मत जित्न प्रचण्डलाई चुनौति दिँदै नेता बस्नेतले तत्कालिन एमालेको चुनाव चिन्ह सूर्य नेपाली जनताको मन मुटमा रहेकाले त्यसमा आँखा नलगाउन चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हृदयस त्रिपाठीले पनि सूर्य चिन्हबाट नै निर्वाचन चित्नुभएको हो । त्यसैले प्रचण्डले सूर्य चिन्ह पाउनलाई दुई वटा शर्त पुरा गर्नुपर्छ । त्यसपश्चात सूर्य चिन्ह दिन सकिन्छ । जसमा पहिलो कि केपी ओलीले नेतृत्व गरेको पार्टीमा प्रवेश गर्नुपर्छ, दोस्रो स्वतन्त्र चुनाव लड्नुपर्छ । यी शर्त पुरा गरेमा प्रचण्डलाई चुनाव लड्को लागि सूर्य चिन्ह दिन सकिन्छ । नत्र सूर्य चिन्ह पाउने सपना नबनाउनुस् ।’

प्रचण्डले सूर्य चिन्ह माग्नु लाजको पसारो मात्र भएको उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले तत्कालिन एमालेको रगत र पसिनाले बनाएका कुनै पनि पार्टी कार्यालयहरुमा आँखा नलगाउनु समेत चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्डले आफ्नो कार्यालय बेच्ने अनि पूर्वएमालेको रगत र पसिनाले बनाएको कार्यालय बब्जा गर्ने ? यस्ता नैतिक हराम काम नगर्नुस् । यस्ता गतिविधि हामी सफल हुन दिनेछैनौं ।’

आगामी निर्वाचनमा जनताले पुच्छर ठाडो पारेर कुद्ने बनाउने उल्लेख गर्दै नेता बस्नेतले प्रचण्ड–माधवले अब लालटिन चिन्ह लिएर चुनावमा जानुपर्नेमा जोड दिनुभयो । आफ्नो आन्दोलनमा जनताको सहभागित नहुने भएपछि लालटिन जुलुस निकाल्न बाध्य भएको उल्लेख गर्दै नेता बस्नेतले आगामी निर्वाचन पछि माधव–प्रचण्डलाई लालटिन नै बालेर खोज्नुपर्ने दिन आउने दावी गर्नुभयो ।

कम्युनिष्ट भित्रको फोहोर र भ्रष्टाचारलाई फाल्न प्रधानमन्त्री ओलीले अहिलेसम्म कुच्चो मात्र लगाउनुभएको उल्लेख गर्दै नेता बस्नेतले अबका दिनमा राँको बालेर खेदाउने समेत चेतावनी दिनुभयो । केपी ओली नेतृत्वको नेकपालाई कमजोर नठान्न चेतावनी दिँदै उहाँले प्रचण्ड–माधव अनैतिकमात्र हैन आत्मघाती भएको समेत उल्लेख गर्नुभयो । प्रचण्ड निरंकुश र सामन्तवादी भएको आक्रोस व्यक्त गर्दै नेता बस्नेतले सरकार तथा पार्टी विरुद्ध प्रचण्डको फोहोरी खेल सफल हुन नदिने समेत उद्घोष गर्नुभयो ।

जनताले दिएको म्यान्डेटको आधारमा जनताको विकास र समृद्धिको मुर्छित सपनालाई पुरा गर्ने राजनेता केपी ओली भएको उल्लेख गर्दै नेता बस्नेतले प्रचण्डले माधव सहितका केही नेता आफ्नो गुटमा लाँदैमा केपी ओली नेतृत्वको नेकपामा संकट पैदा नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘खोलामा पानी सुक्दा टेन्सन गर्ने हो तर माछा मर्दैमा टेन्सन गर्नु पर्दैन । पार्टीभित्रका केही माछाहरु मात्र हराएका हुन् । रुकुममा असंख्य माछाहरु उत्पादन हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ । थाइराइड सम्बन्धी

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।