सभापति देउवाद्वारा कार्यकर्तालाई निर्वाचनमा जुट्न निर्देशन

काठमाडौँ, २३ पौष । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनको तयारीमा जुट्न आफ्नो कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

आज देउवालाई भेट्न बुढानिलकण्ठस्थित निवासमा पुगेका कांग्रेस कार्यकर्ताहरुसँग छलफलमा बोल्दै उनले विघटित प्रतिनिधिसभा पुनः ब्युँतिए पार्टीलाई क्षति पुग्ने भन्दै निर्वाचन नै उपयुक्त बाटो भएको बताएका छन् ।

उनले भने, ‘प्रतिनिधिसभा पुनःस्र्थापना भए कांग्रेस तेस्रस्रो शक्तिमा पुग्छ, त्यसो हुँदा अहिले पाइरहेको प्रमुख प्रतिपक्षको हैसियत पनि गुम्ने स्थिति आउँछ । त्यसकारण अहिले पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ, यो विरोधका कार्यक्रमलाई पनि चुनावी प्रचारका रुपमा उपयोग गर्नुहोस् र निर्वाचनमा हामी केन्द्रित हुन जरुरी छ ।’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भइसकेको अवस्थामा प्रतिनिधिसभा पुनःस्र्थापना भए नेकपाकै एउटा समूह प्रमुख प्रतिपक्षको हैसियतमा पुग्ने देउवाको विश्लेषण छ ।

विघटित प्रतिनिधिसभामा कांग्रेसको प्रत्यक्षतर्फ २३ र सामानुपातिकमा ४० गरी ६३ सांसद थिए भने सत्तारुढ दल नेकपाको ११६ प्रत्यक्ष र समानुपातिकमा ५८ गरी १७४ सांसद थिए । नेकपा दुई समूहका विभाजित बनिहाल्यो भने कांग्रेस भन्दा नेकपाकै समूहको सिट संख्या धेरै हुने उनको अनुमान छ ।

कांग्रेसले पहिलो चरणको आन्दोलन पूरा गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा