गल्छीका अध्यक्षको दैनिकी, बालुवा तस्करी

धादिङ, २३ पौष । विकास निर्माण र सामाजिक हितका काममा भन्दा बढी समय प्राकृतिक श्रोतको दोहनमा विताउने गरेका गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले फेरी पनि चर्चामा आउने नयाँ काण्ड मच्चाएका छन् ।

गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानमा सार्वजनिक जग्गाबाट वालुवा र ढुंगा निकालेर त्यसबाट आएको आम्दानी अध्यक्ष श्रेष्ठले पालिकाको नाममा थोरै जम्मा पारेर धेरै आंफैले कुम्ल्याएका छन् । बस्तीनै नभएको ठाउँमा जवरजस्ती सडक खनेर पृथ्वीराजमार्ग र महेशदोभानको बस्तीनै संकटमा पार्ने काम गरेका कृष्णहरीले सार्वजनिक जग्गाबाट निकालेको २ सय टिप ढुंगा र १३ सय टिप वालुवा बिक्री गरेर त्यस्को आम्दानी आंफैले लिएका हुन । उक्त जग्गाबाट निकासी भएको ढुंगा र वालुवा प्रतिटिप १ हजारको दरमा बिक्री भएपनि १ करोड ३ लाख पालिकामा आदानी हुनुपर्नेमा अहिले सम्म ४३ लाख रुपैयाँ मात्रै जम्मा भएको पाईएको छ ।

गल्छी गाउँपालिकाको नाममा रहेको ग ११ आन्तरिक राजस्व खाता नम्बर ८१०४०१००००००४ नम्बरको खातामा कात्तिक मसान्त सम्ममा ४३ लाख रुपैयाँ जम्मा भएपनि त्यसपछि सो शिर्षकमा रकम जम्मा हुन छाडेको एक कार्यपालिका सदस्यले वताए । पालिका आंफैले सार्वजनिक जग्गाबाट निकालिएको ढुंगा र बालुवा बिक्री गरेर आएको रकम अध्यक्ष श्रेष्ठले मिलेमतोमा भागबण्डा गरेको रहस्य बाहिर आएको छ । अध्यक्ष श्रेष्ठले उक्त रकम गत निर्वाचनमा पालिकाको अध्यक्ष पदमा आंफैंसंग पराजित नेपाली काँग्रेसका विनोद कार्की, गल्छी ६ का वडाअध्यक्ष राजन श्रेष्ठ, तत्कालिन माओवादी केन्द्रका गल्छी इन्चार्ज रहेका रामकृष्ण रिमाल र नेपाली काँग्रेस गल्छीका सभापति गोपिप्रसाद रिमाल संग मिलेर भागवण्डा गरि लिएका हुन । रामकृष्ण रिमाल वागमती प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री एवम नेकपा प्रचण्ड माधव समूहका नेता शालिकराम जमकट्टेलका सहयोगी हुन ।

अध्यक्ष श्रेष्ठ लगायतको उक्त कर्तुतलाई साथ दिएका गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले पनि केही हिस्सा प्राप्त गरेका छन् । अध्यक्षलाई साथ दिएकै कारण प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको सरुवा समेत रोकिएको छ । केही दिन अघि श्रेष्ठको सरुवा भएर सो ठाउँमा आएका लक्ष्मीप्रसाद उपाध्यायलाई अध्यक्ष श्रेष्ठले हाजिर हुन नदिएर फिर्ता पठाईदिएका थिए । तत्कालिन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले चुनाव जितेपछि पार्टीको निति निर्देशन अवज्ञा गर्दै आंफैसंग अध्यक्ष पदमा पराजित नेपाली काँग्रेसका विनोद कार्की संग मिलेर प्राकृतिक श्रोत दोहनमा किर्तिमानी राख्दै आएका छन् । तत्कालिन एमालेका नेता एवम पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरको सिफारिसमा कृष्णहरिले गल्छी गाउँपालिकाको अध्यक्षको टिकट पाएका थिए ।

गल्छीमा सार्वजनिक जग्गाबाट बालुवा तस्करी गर्ने कार्यले निरन्तरता पाईरहेको छ । अध्यक्ष श्रेष्ठले आंफुले हिस्सा पाउने गरि विभिन्न क्षेत्रबाट माटो भन्दै बालुवा उत्खनन गरेर बिक्री गरि कमाई गरिरहेका छन् । अध्यक्षको अबैध कार्यलाई साथ दिनेमा नेकपा प्रचण्ड मात्रव समूहका नेता तुलाधर, सोही समूहका राष्ट्रिय युवा संघ १ नम्बर निर्वाचन क्षेत्रीय समितिका अध्यक्ष प्रविण केसी, सोही समूहको युवा संघका गल्छी गाउँ कमिटीका संयोजक हेमन्त भण्डारी लगायत रहेका छन् । हेमन्त अध्यक्ष श्रेष्ठको निजी कम्पनीको व्यवस्थापकीय सहयोगी समेत हुन । गाउँपालिकाले कुनै सीमांकन, अनुगमन तथा अवलोकन नै नगरी हचुवाको भरमा माटो भन्दै बालुवा तस्करी गर्दै आएको स्थानीयको गुनासो छ  । खानी व्यवस्थापनको जिम्मा पाएको स्थानीय निकायका जिम्मेवार पदाधिकारीनै विभिन्न बहानामा पालिकाको आयस्रोत कुम्ल्याउन सक्रिय हुंदै आईरहेका छन् । गल्छी गाउँपालिकाका जनप्रतिनिधिले खानी सञ्चालन तथा व्यवस्थापनका ठोस निर्णय गर्न नसक्दा अत्यधिक भूमिदोहन बढ्दा करोडौं आयस्रोत गुम्दै आएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरि वनाईएको सडक भएर अहिले व्यक्तिका जग्गाबाट निकालिएको वाल्ुवा दिनहुं निकासी भईरहेको र सो बाटो प्रयोग गरेवापत पालिकालाई प्रति टिप १ हजार रुपैयाँ शुल्क बुझाउने पर्ने भएपनि अध्यक्षको ठाडो निर्देशनमा सो रकम समेत जम्मा हुन छाडेको एक कर्मचारीले वताए । खानी तथा नदीजन्य पदार्थको संकलन, उत्खनन, ओसारपसार र बिक्री वितरणसम्बन्धी कार्यविधि–२०७५ कार्यान्वयन एवं बालुवा खानी सञ्चालनका लागि गाउँपालिकाले आईईई (वातावरणीय प्रभाव मूल्यांकन) गर्नुपर्ने नियमको समेत पालना नगरि अबैध ढंगबाट ढुंगा र बालुवा खानी सञ्चालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौंडा, ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालको सदियौंदेखीको गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न

सप्तरी, ९ माघ । जनता समाजवादी पार्टी (जसप)का वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताउनुभएको छ । सप्तरीको

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.

काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण दुई धार बनेको नेकपामा एक समूहबाट अर्को समूहमा आवद्ध