आज म खुसी हुनु पर्ने हो, तर छैन : वामदेव गौतम

काठमाडौँ, २३ पौष । नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गरेकोमा राष्ट्रपति र प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । 

आजको राष्ट्रिय सभा बैठकमा बोल्दै नेता गौतमले आफू पहिलो पटक बैठकमा उपस्थित भएकाले यहाँको प्रक्रियामा पनि अलमलिएको बताए । ‘आज म खुसी हुनु पर्ने हो तर छैन,’ उनले भने । 

गौतमले गणतन्त्र नेपालको स्थापना र नेपालका सबै कम्युनिष्टलाई एकीकृत गर्ने दुइटा उद्देश्य रहेको पनि बताए । गणतन्त्र पूरा भए पनि सबै कम्युनिष्ट एक भइनसकेको उनको भनाइ छ । एमाले र माओवादी मिल्दा कम्युनिष्ट एक भएको भन्दै आफू खुसी भएको पनि उनले बताएका छन् ।

उनले आफ्नो घरमा बा-आमा र आफन्त कांग्रेस रहे पनि आफू कम्युनिष्टमा सक्रिय रहेको उल्लेख गरेका थिए ।

आफू प्रधानमन्त्रीको कटु आलोचकसँगै मित्र पनि भएको भन्दै उनले प्रतिनिधिसभा भंग गर्दा आफूलाई नसोधिएको गुनासो गरे । उनले भने, ‘उहाँले पटकपटक भन्ने गर्नु भएको थियो, अविश्वासको प्रस्तावबाट मलाई बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्यपूर्ण हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । थप ३ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ९

shankar-pokharel

काठमाडौँ, ६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले चुनावमा गए संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त हुन्छ भन्ने कुरा कमजोर मानसिकताको

एजेन्सी, ६ माघ । भारतले नेपाललाई कोरोनाभाइरस विरुद्धको १ करोड डोज खोप निःशुल्क उपलब्ध गराउने भएको छ । समाचार एजेन्सी

काठमाडौँ, ६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छन्