काठमाडौँ, २३ पौष । आज दिउँसो १ बजेदेखि राष्ट्रिय सभा बैठक सुरु भएको छ ।
अघिल्लो साता सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक आज बसेको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र राष्ट्रिय सभा अन्तर्गत रहेका विषयगत समितिका सदस्यहरुको हेरफेर गर्ने कार्यसूची रहेको छ ।