बीबीसी, २३ पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सोसल साइट ट्विटर अकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको घोषणा गरेको छ ।
चुनाव सम्बन्धी ट्विटका कारण उनको अकाउन्ट बन्द गर्नुपरेको ट्विटरले जनाएको छ । ट्विटरले भनेको छ, “वासिंटन डीसीमा भएको हिंसक स्थितिका बारेमा ट्रम्पले गरेको तीनवटा ट्विट हटाउनुपर्नेछ । यो ट्विट हाम्रो नीति विपरीत रहेका छन् ।”
ट्विटरले आफ्ना् नीति विपरीतलगातार ट्विट गरेमा सधैँका लागि अकाउन्ट बन्द गरिदिने चेतावनी पनि दिएको बीबीसीले जनाएको छ ।