नेकपाद्वारा इन्चार्ज डा. रावलसहित ३ जनालाई कारवाही

काठमाडौँ, २२ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलसहित तीन जना नेता कारबाहीमा पर्नुभएको छ ।

धनगढीमा आज बसेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले प्रदेश इन्चार्ज रावल, प्रदेश सचिव नेपबहादुर चौधरी र प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई कारवाही गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो । इञ्चार्ज रावलमाथि पार्टीको पैसा झिकेर हिनामिना गरेको र पार्टी बिभाजनको पक्षमा लागेको अभियोग लगाउँदै कारवाहीको लागि सिफरिस गरिएको हो ।

नेकपाबाट अलग भएर गएको प्रचण्ड–माधव पक्षको पुस १७ गते बसेको प्रदेश कमिटी बैठकले प्रदेश अध्यक्ष कर्ण थापासहित चार जिल्लाका अध्यक्षलाई कारबाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । प्रचण्ड-माधव समूहमा फेरी पहिरो गएको छ । नेकपा सांसद माया ज्ञवाली प्रचण्ड-माधव पक्ष छाडेर वामदेव गौतमको एकता

काठमाडौँ, १४ माघ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध बुधवार अदालत खुलेलगत्तै दर्ता भएका

काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्‍वमा कोरोना भाइरस (कोभिड)१९० विरूद्धको खोप नेपालले पनि खोप अभियान सुरू गरेकोमा खुसी

काठमाडौँ, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन ।  आज पत्रकार सम्मेलन गर्दै