प्रचण्ड पथले डा. भिम रावललाई चोर्न सिकायो : पूर्वमन्त्री बस्नेत

पर्वत, २२ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले पुष्प कमल दाहाल प्रचण्डको संगत पाएसँगै पूर्वउपप्रधानमन्त्री डा. भिव रावललाई चोर्न सिकाएको बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी पर्वतले आज प्रधानमन्त्री केपी ओलीको कदमलाई समर्थन गर्दै आयोजना गरेको वृहत युवा भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पूर्वएमालेले डा. रावललाई विद्वान बन्न सिकाएको तर प्रचण्डपथले चोर्न सिकाएको तथ्यगत रुपमा तर्क प्रस्तुत गर्नुभयो । डा. रावलले तत्कालिन नेकपा एमाले सुदुरपश्चिमको खातामा रहेको ३० लाख रुपैंया चोरेर लगेको उल्लेख गर्दै नेता बस्नेतले संगत गुनाको फल मिठो हुने भएकाले प्रचण्डको संगतले डा. रावललाई चोर्न सिकाएको आक्रोस व्यक्त गर्नुभयो ।

पार्टी भित्रको असहज परिस्थितीलाई युवाहरुको जोस, जाँगर र हिम्मतले सहजतामा लैजाने उल्लेख गर्दै उहाँले देश भरका नेपाली राष्ट्रप्रेमी युवा तथा जनताहरु केपी ओलीको पक्षमा रहेको स्पष्ट पार्नुभयो । केपी ओली प्रधानमन्त्री नभए न्याय मरेको मुलुक हुने भन्दै युवा संघको स्थापना भएको स्मरण गर्दै नेता बस्नेतले सिङ्गो देश ‘के’ भन्छ, केपी ओली ‘ले’ भन्छ भन्दै देशभर अभियान नै चल्न थालेको जानकारी गराउनुभयो ।

केपी ओली सिङ्गो कम्युनिष्ट आन्दोलनको नेता भएको तथ्यगत रुपमा प्रस्तुत गर्दै उहाँले नेकपालाई एक ढिक्का बनाई नेपालको ७० वर्षको इतिहासलाई केपी ओलीले उल्ट्याएको बताउनुभयो । केपी ओलीको दोस्रो पटकको मृगौला प्रत्यारोपण गरेपछि नबाँच्ने आंकलन गरी सिङ्गो नेकपालाई निल्ने योजनाका साथ प्रचण्ड आएको उल्लेख गर्दै नेता बस्नेतले त्यो सपना पुरा हुन नसकेपछि अनेक तानाबाना बुन्न थालेकोमा आक्रोस व्यक्त गर्नुभयो ।

राष्ट्रघात र भ्रष्टाचार गर्न नपाएकाले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेमा आक्रोस जनाउँदै उहाँले जंगलमा भएको तथा आतंककारी गतिविधि गरिरहेको पार्टीलाई शान्ति प्रकृयामा ल्याउनुभएकाले प्रधानमन्त्री ओलीले गुटको नेता नभई राष्ट्र नायकको रुपमा स्थापीत हुनुभएको बताउनुभयो ।

केपी ओलीको पछिल्लो समय बढेको हाइट प्रचण्ड–माधवलाई मन नपरेको उल्लेख गर्दै उहाँले प्रचण्डले नेपालको राजनीतिमा अर्को अपराध गरेको बताउनुभयो । ‘आफ्नो टाउको फुटोस, आफ्नो शरीरको कुनै अंग टुटोस् तर राष्ट्र टुक्रिन नदिने चट्टानी अडानका धनी केपी ओली हो’ उहाँले भन्नुभयो, ‘पूर्वएमालेका नेता माधव, झलनाथ लगायतलाई पार्टी तथा मुलुकलाई ध्वस्त पार्ने गुटमा लगेका छन् ।’

कम्युनिष्ट आन्दोलनलाई तहसनहस बनाउने कुचेष्ठा गरेकाले यसको सजाय आगामी निर्वाचनमा जनताले प्रचण्डको हिसाव किताव गर्ने चेतावनी दिँदै नेता बस्नेतले प्रचण्डको पछाडी सडक छाप प्रधानमन्त्री बन्न माधव नेपाल पोइला गएको आरोप लगाउनुभयो ।

एक मधेस एक प्रदेश माग गर्ने राजेन्द्र महतो र उपेन्द्र यादवको दिन तराईमा सकियो अब मधेसमा केपी ओली निकट नेकपाको दिन आएको उल्लेख गर्दै नेता बस्नेतले संविधानत दुई वर्ष संसदमा सरकार विरुद्धमा अविश्वासको प्रस्ताव लैजाने व्यवस्था नभएकाले सरकार बनेको दुई वर्ष पुगेसँगै प्रचण्डको दिमागमा किरा सलबलाउन थालेको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ माघ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा भइरहेको बहसमा वकिलहरूले विघटन असंवैधानिक कदम भएको

काठमाडौँ, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन

पाल्पा, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले वाई

काठमाडौँ, १० माघ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको