चीनले भ्रष्टाचारी पूर्वबैंकरलाई मृत्युदण्ड दिने

बेइजिङ, २२ पौष । घुस खाएको र सरकारी पैसा हिनामिना गरेको भन्दै चीनले पूर्वबैंकरलाई मृत्युदण्ड दिने भएको छ ।

घुस खाएको, सरकारी पैसा हिनामिना गरेको आरोप लागेका लाई सिआओमिनलाई तिआन्जिन अदालतले मृत्युदण्डको फैसला सुनाएको हो ।

सिआओमिन यसअघि राज्यनियन्त्रित चाइना होआरोङ एसेट म्यानेजमेन्टका अध्यक्ष थिए । उनले १० वर्षमा १.७९ अर्ब युआन घुसबापत् लिएको बताइएको छ । त्यतिबेला उनी नियामकका रूपमा पनि काम गरिरहेका थिए । अदालतले सिआओमिनले धेरै रकम घुस लिन आफ्नो पदको दुरूपयोग गरेको निष्कर्ष निकालेको छ । उनले मानिसहरूलाई जागिर दिन, बढुवा गर्न र ठेक्का पार्न पनि घुस लिने गरेका थिए ।

सिआओमिनले राज्य कोषबाट २ करोड ५० लाख युआन हिनामिना गरेको अदालतले बताएको छ । सिआओमिनलाई सन् २०१८ को अप्रिलदेखि अनुसन्धान थालिएको थियो । त्यही बेला उनलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट पनि निष्कासित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ। संवैधानिक इजलासमा भएको बहसमा मुद्दा

काठमाडौँ, २ माघ । सरकारले आजबाट ‘नागरिक मोबाइल एप्स’ सार्वजनिक गरी परीक्षण गरेको छ ।  मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै आज सञ्चार तथा

काठमाडौँ, २ माघ । थप २ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ८