प्रधानमन्त्री ओलीको समर्थनमा राष्ट्रिय युवा संघ बाग्मती प्रदेशले वृहत प्रदर्शन गर्दै

काठमाडौँ, २२ पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आन्तरिक विवादका कारण मुलुकलाई अशान्तिको बाटोमा लान नदिन तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यताबस चाल्नुभएको संसद विघटनको समर्थनमा वृहत प्रदर्शन हुने भएको छ ।

मुलुकलाई अस्थिरताको बाटोमा जानबाट बनाउन राष्ट्रिय युवा संघ नेपालले वृहत प्रर्दशन गर्न लागेको हो । बाग्मती प्रदेश कमिटीको आयोजनामा २५ गते शनिवार काठमाडौँमा गर्ने भएको छ । २५ गते ११ बजे युवा संघका नेता तथा कार्यकर्ताहरुले र्यालीसहित नयाँ बानेश्वर, भद्रकाली, एनएसी, भोटाहिटी, जमल हुँदै कमलादी नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर औपचारीक कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा उपत्यकाका तीन वटै जिल्लाका युवा संघले विशाल र्यालीसहित कार्यक्रम स्थलमा जाने तयारी समेत गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, संघका इन्चार्ज महेश बस्नेतलगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । व्यक्तिगत स्वार्थ र कुर्सीको लडाईको लागि पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालको गुटले मुलुकलाई ध्वस्त पार्ने र विदेशीको अखडा बनाउने योजनाका साथ सरकार गिराउने खेल खेलेको भन्दै युवाहरुले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता तथा भौगोलिक अखण्डताको रक्षाको निम्ती आन्दोलनमा उत्रनुपरेको आयोजकले जनाएको छ ।

लोकतान्त्रीक पद्धतिमा मध्यावधी निर्वाचनलाई स्वीकार गर्नु कुनै पनि राजनीतिक दलले आत्मसात् गर्नुपर्नेमा जोड दिँदै संघले लोकतन्त्र र ताजा जनादेशमा जानु वर्तमान समयको अनिवार्य आवश्यकता रहेको उल्लेख गरेको छ । स्वार्थ तथा भ्रष्टहरुले सरकार सञ्चालन कार्य भएकाले उक्त कार्यलाई रोक्न प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुपरेको जनाएको छ । मुलुकलाई कठिन मोडमा पुर्याई समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई तहसनहस बनाउने लोकतन्त्रमा जनता नै न्यायधिस भएकाले ताजा जनादेशमा जानुपर्ने संघको दृढता रहेको छ ।

प्रचण्ड माधवको राष्ट्रघाती कदमहरुलाई जनताको सामु लगेर जनताको कठघरामा उभ्याउने उद्घोषका साथ कार्यक्रम तयार गरिएको उल्लेख गर्दै संघले अब प्रचण्ड–माधवको भण्डाफोर अभियान नै सञ्चालन गर्ने समेत तयारी गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक