मन्त्री गुरुङद्वारा विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन

काठमाडौँ, २१ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डमा प्रभावकारी ढङ्गले काम गर्न निर्देशन दिएका छन ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले विज्ञापनसम्बन्धी अर्बौंको बजेट सदुपयोग हुने गरी काम गर्न बोर्डका पदाधिकारीलाई निर्देशन दिएका हुन ।

सिंहदरबारमा आज आयोजित बोर्डको चौथो पूूर्ण बैठकमा मन्त्री गुरुङले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउनका लागि ढिलाइ गर्न सचेत गराएका छन ।

उक्त बोर्ड बैठकले विज्ञापनसम्बन्धी राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकार निकायसँग बृहत् छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिएका छन । सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यका साथ मन्त्री गुरुङ आएपछि पहिलोपटक विज्ञापन बोर्ड गठन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा