प्रचण्ड-माधव समूहमा फेरी लागो खडेरी

काठमाडौँ, २१ पौष । अछाम क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा विजयी सांसद यज्ञ बोगटी नेकपा ओली समूहमा खुलेसगै प्रचण्ड -माधव समूहमा खडेरी नै लागेको छ ।

आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यको सपथ लिएर उनले कित्ता क्लियर गरेका हुन् । यसअघि नेकपाको ओली समूहले उनलाई केन्द्रीय समिति सदस्य बनाएको थियो । तर, उनले सपथ ग्रहण नगरी केही समय पार्टी एकताका पक्षमा माहौल बनाउने भन्दै तटस्थ बसेका थिए ।

सांसद बोगटी तटस्थ बसेपछि अछाममा भीम रावल निकटहरुले उनी माधव-प्रचण्ड समूहमा लागेको भन्दैं प्रचार गरेका थिए । तर, बोगटी आफ्नो क्षेत्रका जनता र त्यहाँ अगुवा कार्यकर्ताहरुसँग छलफलमा थिए ।

क्षेत्रको जनमत र पार्टीका अगुवा कार्यकर्ताको मन बुझेपछि बोगटीले आइतबार सपथ लिएका हुन् । अछाममा उनीमाथि रावल र उनी निकटहरुले पटक-पटक अन्याय गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक