गण्डकी, २१ पौष । गण्डकी प्रदेश सभाको विशेष अधिवेशन मंगलबारदेखि शुरु हुँने भएको छ ।
प्रतिपक्षी दल कांग्रेस र जसपाले विशेष अधिवेशन माग गरेपछि प्रदेश प्रमुखले मंगलबार दिउँसो १ बजे विशेष अधिवेशन बोलाएका हुन् ।
कोरोना संक्रमणको जोखिमले बर्खे अधिवेशन प्रदेशसभामा नगरी सभागृहमा गरिएको थियो । विशेष अधिवेशन पनि त्यहीँ सञ्चालन गरिनेछ ।