साउदी अरबले कतारमा लगाइएको नाकाबन्दी हटायो

 काठमाडौँ, २१ पौष । साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ ।

साउदी अरबले कतारमाथि तीन वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को-अपरेसन काउन्सील (जीसीसी)सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुने छन् ।

सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

कतारले आतंकवादलाई बढावा दिएको आरोप छिमेकी देशहरुले लगाएपछि साउदी अरबले हवाई र स्थल नाकाबन्दी गरेको थियो । कतारमाथि व्यापारिक, राजनीतिक र यात्रा प्रतिबन्ध पनि लगाइएको थियो । बीबीसीका अनुसार कतारमाथिको प्रतिबन्ध लामो कूटनीतिक प्रयासबाट हटाउन सम्भव भएको हो र यसमा कुवेतले अहम् भूमिका निर्वाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ माघ । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अदालतमा भइरहेको बहसमा वकिलहरूले विघटन असंवैधानिक कदम भएको

काठमाडौँ, १० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन

पाल्पा, १० माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले वाई

काठमाडौँ, १० माघ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल सरकारको विदेश नीति अन्तर्गत विदेशमा रहेका नेपालीहरुको ज्ञान र सिपलाई नेपालको