एजेन्सी, २१ पौष । बेलायतमा पुन: लकडाउनकाे घोषणा भएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन घोषणा गर्दै सबैजनालाई घरभित्रै बस्न आग्रह गरेका छन । आउँदो फेब्रुअरी महिनाको मध्यतिरसम्म लकडाउन हुने अनुमान गरिएको छ । लकडाउन अवधिभर अति आवश्यक नपरि घरबाट बाहिर निस्कन पाइने छैन ।
देशवासीको नाममा सम्बोधन गर्दै उनले कोरोना भाइरसको नयाँ लहर अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि सरकार सक्रिय भएर लागि परेको बताएका छन । दैनिक अभ्यास गर्न, अस्पताल जान, औषधि किन्न, घरेलु हिंसाविरुद्ध उजुरी दिनलगायत अति-आवश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने उनको भनाइ रहेको छ ।
बेलायतमा कोरोनाको नयाँ प्रकारको भाइरस देखा परेसँगै विभिन्न देशहरुले बेलायतसँगको हवाई उडानहरु स्थगित गरेका छन् । लकडाउन घोषणा भए पनि आजदेखि स्कुल, कलेज र विश्वविद्यालय खुलेका छन् ।