मन्त्रिपरिषद विस्तारका विषयमा सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

काठमाडौँ, २० पौष । सर्वोच्च अदालतले सरकारसँग मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग गरेको छ ।

आज न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो ।

संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री कामचलाउ हैसियतमा पुगेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीसमेतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दिएका थिए ।

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लिखित जवाफ माग गर्दै पुस २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ। संवैधानिक इजलासमा भएको बहसमा मुद्दा

काठमाडौँ, २ माघ । सरकारले आजबाट ‘नागरिक मोबाइल एप्स’ सार्वजनिक गरी परीक्षण गरेको छ ।  मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै आज सञ्चार तथा

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य