मन्त्री रायमाझीले खोलिदिए प्रचण्डले गरेको गम्भीर षडयन्त्रको पोल

काठमाडौँ, २० पौष । स्थायी कमिटी सदस्य एवं उर्जामन्त्री टोपबहादुर रायमाझीले आफूलाई समिक्षा गरेर अघि बढ्न प्रचण्डलाई सुझाव दिएका छन  ।

नेकपा रुपन्देहीले बुटवलमा आइतबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै मन्त्री रायमाझीले ३३ वर्ष आफैँले आफैँलाई टीका लगाएर अध्यक्ष बनेका प्रचण्डको अधोगति शुरु भएको र खाडलमा फसेको ठोकुवा गरेका छन ।

उनले भने, ‘आफ्ना खल्तीबाट केन्द्रीय समिति निकाल्ने, चाकडी गर्नेलाई टिका लगाइदिने, नियुक्ती पनि आफ्नैलाई चाहिने, ‘प्रचण्डलाई अझै कति अध्यक्ष चाहिएको हो ?’

मन्त्री रायमाझीले प्रचण्डको रबैयाकै कारण पार्टीप्रति निष्ठावान विप्लव, बैद्य, बाबुरामहरु बाहिरिएको भन्दै अवको केही समयमै एक्लै हुने ठोकुवा समेत गरेका छन ।

उनले पार्टी प्यालेसमा गएर अध्यक्षको टीका लगाउने माधव नेपालले विधि र प्रक्रियाको कुरा गर्न नसुहाउने बताए । उनले भने, ‘प्रचण्डहरुले अराजतातर्फ धकेल्न लागेको मुलुकलाई प्रधानमन्त्री ओलीले अग्रगामी निर्णय गरेर जनतालाई सुम्पिनु भएको छ । प्रधानमन्त्रीको कदम अग्रगामी हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने