उदयपुर सिमेण्टको महाप्रवन्धक को बन्ला ?

काठमाडौँ, २० पौष । उदयपुर सिमेन्ट उद्योग चार सय करोड भन्दा बढी घाटामा रहेको छ । प्रति दिन ८ सय मेट्रीक टन गैंडा छाप सिमेण्ट उत्पादन गर्ने क्षमता स्वीकृत भै जापान सरकारको सहयोग र नेपाल सरकारको १८.७७ करोड संयुक्त लगानी गरी २०४४,जेठ महिनामा स्थापना गरेको थियो । जापान सरकारले निर्माण गरी २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरे देखि नै उद्योग पूरा क्षमतामा संचालन हुन सकेको छैन भने प्रत्येक बर्ष घाटा थपिदै गएको छ ।

अहिलेकै हिसाबले उत्पादन हुने हो भने ३ सय बर्ष भन्दा बढीको लागि पुग्ने आफ्नै चुनढुंगा खानी रहेको यो उद्योगको उदयपुर जलजलेमा १९२ हेक्टर र खानी साइडमा २६३.२३ हेक्टर जग्गा रहेको छ । लागत कम गर्ने उद्वेश्यले हेटौंडा सिमेण्ट र उदयपुर सिमेण्टलाई मर्ज गर्ने सरकारले नीति बनाएको भएपनि ठोस रुपमा मर्जरको काम अघि बढेको छैन ।

अहिलेको अबस्थामा उद्योग पुरानो भएकोले मर्मत खर्च बढि भएको कारण, उत्पादन क्षमताको आधा भन्दा कम रहेको कारण, पुराना कर्मचारी भएकोले प्रति कर्मचारी लागत बढी भएको कारण, बजार रणनिती प्रतिष्पर्धी नभएको कारण लागत बढ्न जांदा निजी स्तरमा खुलेका सिमेण्ट कारखानाहरुको तुलनामा प्रति बोरा लागत निकै नै बढी पर्न गएकोले उद्योग निरन्तर घाटामा गएको बिज्ञहरु बताउछन ।

आम स्थानीय नागरिकको चाहाना यो उद्योगलाई राम्ररी संचालन गर्न सक्ने, उद्योग संचालनमा अनुभव प्राप्त गरेको व्यक्ति महाप्रबन्धक पदमा आएर अहिलेको क्षमतालाई बढाई निजी स्तरमा खुलेका होंसी लगायतका ठूला उद्योग संग प्रतिष्पर्धा गरी नाफामा लैजान सक्ने योग्य व्यक्ति महाप्रबन्धकमा आउने रहेको देखिन्छ ।

उद्योग मन्त्रालयले सूचना प्रकाशित गरी सचिबज्यूको संयोजकत्वमा गठन गरिएको समिति र सो समितिलाई राय दिन नियुक्त पूर्व सचिवहरु कृष्णहरि बास्कोटा, नारायण प्रसाद बिडारी, रामेश्वर खनाल को साथै लोकसेवाको समेत मद्वत लिई अत्यन्त पारदर्शी ढंगले तीन जनाको नाम मन्त्रीपरिषदमा निर्णयको लागि पठाइएको छ र संभवत आज मन्त्रीपरिषदबाट निर्णय भै महाप्रबन्धक नियुक्ति हुने संभावना रहेको श्रोतले जनाएको छ ।

महाप्रबन्धक पदका लागि गोपिकृष्ण न्यौपानेको नाम पहिलो नम्बरमा छ । उनीसंग उद्योग सञ्चालन र व्यवस्थापनतर्फ साढे २ दशक बढीको अनुभव छ । व्यवस्थापन र कानुनमा स्नातकोत्तर तह सम्म अध्ययन गरेका उनले बैकको संचालक भै दश बर्ष भन्दा बढीको अनुभव समेत हासिल गरेका छन । अस्पताल ब्यबस्थापनको समेत अनुभव प्राप्त गरेका न्यौपानेले इन्जिनियरिङ कलेजको एमडी भएर समेत काम गरिरहेका छन ।

एक नम्बर प्रदेशको भोजपुरका बासिन्दा उनले बिराटनगर स्थित महेन्द्र मोरङ कलेजमा अध्ययन गरेका हुन भने हाल भक्तपुर थिमीमा बसोबास गर्दै आएका छन । दोस्रो नम्बरमा रहेका ध्रुब देवकोटा उदयपुर सिमेन्टमै कार्य गरेको अनुभव छ । तर त्यहाँ रहँदा उनको कार्यसम्पादन चित्त बुझ्दो नभएकाले उनको संभावना कम रहेको स्रोतको भनाइ छ । तेस्रो नंबरमा रहेका कपिलबस्तु निबासी भूपेन्द्र प्रसाद अर्यालको विश्व बैंक तथा सरकारको बोर्डमै बसेर काम गरीसकेको अनुभव रहेको छ ।

यस अघि पनि उनले सरकारी नियुक्तिहरुमा पहल गरेका थिए तर सफल हुन सकेका थिएनन । उदयपुर सिमेण्टको महाप्रबन्धक नियुक्ती हुनका लागि मझौला तथा ठूला उद्योगमा काम गरेको अनुभव तोकिएकोमा उनको त्यस्तो अनुभव भने रहेको देखिदैन । त्यसैले यो दौडमा न्यौपानेले उछिन्न सक्ने प्रवल संभावना देखिदैछ ।

जे होस उदयपुर सिमेण्ट उद्योगले संभवत आजै चार बर्षको लागि महाप्रबन्धक पाउंदैछ । सरकारले तीनजना मध्ये नियुक्ति गर्दा पक्कैपनि एक नंबर प्रदेशको गहनाको रुपमा रहेको यो उद्योग संचालन गर्न सक्ने क्षमतावान व्यक्ति नियुक्ति गरोस भन्ने त्यस भेगका बासिन्दा र उद्योगका कर्मचारीरकामदारको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ माघ । नेकपा प्रचण्ड–नेपाल समूहले वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई

काठमाडौँ, २ माघ । अदालतमा विचाराधिन मुद्धालाई अनावश्यक कुराहरु अनलाईनमा समाचार संप्रषण गरेको भन्दै सर्वोच्च आदालतले रातोपाटी अनलाईन र नेपाल

काठमाडौँ, २ माघ । कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ । विभागका

काठमाडौँ, २ माघ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठक सुरु भएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नयाँदिल्लीमा