कालिकोट, २० पौष । कालीकाेटकाटबाट विप्लव समुहका दुई जना कार्यकर्ता पक्राउ परेका छन ।
प्रहरी निरिक्षक तथा अप्रेसन अफिसर विक्रम शाही र सशस्त्रका सहायक प्रहरी निरिक्षक दिपेन्द्र सेट्टीकाे नेतृत्वमा खटिएको टाेलीले नरहरिनाथ गाउँपालिका वडा नं ९, लालुबाट लुकाई छिपाई राखेको विष्फाेटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको हाे ।
हतियार र बम बनाउने सामान सहित पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।