महेश बस्नेतको देशव्यापी पार्टी बचाउ अभियानसँगै भक्तपुरमा तिब्र विकास: ३ आयोजनाको उद्घाटन

काठमाडौँ, २० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले पछिल्लो समयमा नेकपा तथा सरकारमा उत्पन्न परिस्थितीको जनतालाई वास्तविकता जानकारी गराउने उद्देश्यका साथ देश दौडाहमा रहनुभएको छ ।

युवाहरुलाई मुलुक तथा पार्टीको वास्ताविकता जानकारी गराई जनतामा रहेको भ्रमलाई चिर्ने साथै आगामी निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र आफ्नो पार्टीमा व्यापक जनमत सिर्जना गराउने लक्ष्यका साथ नेता बस्नेतले देशका विशेष जिल्ला तथा ठाउँहरुमा विभिन्न प्रकारका जनजागरणमूखी अभियान तथा कार्यक्रमहरु सञ्चालन गर्दै आउनुभएको छ । जसले गर्दा जनतामा भएका कतिपय भ्रमहरु अन्त्य भएका छन् । पछिल्लो केही हप्ता यता नेता वस्नेतले हालसम्म दर्जनौं जिल्लाहरुमा युवाहरुको अभियान सञ्चालन गरिसक्नुभएको छ । जसले गर्दा पार्टी भित्र भएका गुट र उपगुट तथा पार्टी विभाजनको रेखा कोर्ने नेताहरु भण्डाफोर समेत भएका छन् ।

पार्टीभित्र सत्तास्वार्थ तथा कुर्सीको लडाई गर्दै पुष्पकमल दाहाल प्रचण्ड तथा माधव कुमार नेपालको नेतृत्वले आफ्नो विगतको हविगत विर्सिएर प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई संगिन आरोपहरु लगाई संसद विघटनको अवस्थामा पुग्न बाध्य बनाएका उदाहरण तथा वाध्यताहरु आम नेपाली जनताको माँझमा पुर्याउनु अहिलको अपरिहार्यता रहेको औंल्याउँदै देशव्यापी पार्टी बचाउ अभियान सञ्चालन गरिरहनुभएको छ । नेता बस्नेतले अबका दिनमा नेतृत्वलाई खुइल्याउने र आफ्नो व्यक्तिवादी स्वार्थको लागि राजनीति गर्नेलाई नेकपाका कार्यकर्ता तथा जनताले बुझ्न र चिन्न जरुरी रहेको अभियानका क्रममा उल्लेख गर्ने गर्नुभएको छ ।

‘सरकारको साथ हैन लात’ भन्ने नीति प्रचण्ड–माधवले लिएका कारण मुलुक दुर्घटनाको बाटोमा अगाडी बढ्न लागेको प्रति चिन्तीत हुँदै नेता बस्नेतले मुलुकको परिवर्तनलाई रक्षा युवाहरुले गर्नुपर्नेमा जोड दिइरहनुभएको छ ।

पार्टी तथा मुलुकको व्यवस्था रक्षाको लागि संघर्षसँगै नेता बस्नेतले आफ्नो क्षेत्रको विकास र समृद्धिको यात्रालाई भने तिव्रता दिइरहनुभएको छ । पार्टी बचाउन अभियानसँगै भक्तपुरको विकास सँगसँगै लैजानुभएका नेता बस्नेतले आइतवार सूर्यविनायक नगरपालिका कार्यालयसँग एन आई सी एसिया बैंक लिमिटेडको विस्तारित काउण्टरको समुद्घाटन गर्नुभयो । योसँगै नगरपालिकाका जनताले बैंकिङ क्षेत्रको सेवा र सुविधाहरु आफ्नै घर आँगनबाट पाउने भएका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एन आई सी एशिया बैंकसँगको साझेदारीले ई–बैंकिङ्ग जस्तो महत्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउन मद्दत पु¥याउने बताउनुभयो । देशको अर्थतन्त्रलाई सुदृढीकरण गर्नका लागि बैंकिङ्ग प्रणालीको महत्वपूर्ण भूमिका रहेकोमा यस बैंकसँगको साझेदारीले थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै सूर्यविनायक नगरपालिकाकै दधिकोटको वडा नं. ४ वडा कार्यालयसंगै नवनिर्मित महानगरीय प्रहरी प्रभाग दधिकोटको अस्थाई प्रहरी बिट आइतवार समुद्घाटन गर्नुभयो । उक्त क्रममा नेता बस्नेतले समाजमा शान्ति सुरक्षाको अमनचयन साथै समाजमा हुने विभिन्न प्रकारका गैरकानुनी गतिविधि, चोरी डकैतीलगायतका कार्यहरु पूर्ण रुपमा निस्तेज हुनेमा विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीले जनताको घरघर तथा टोल टोलमा पुगी जनताको पक्षमा गरेको कार्यलाई उच्च मूल्याङ्कन गर्दै नेता बस्नेतले प्रहरी जनताको साथी भएको बताउनुभयो ।

पूर्वमन्त्री बस्नेतले शनिवार सूर्यविनायक नगरपालिका वडा नं ९ स्थित बाचामारीबाट नन्दीकेश्वर महादेव जाने सडकको भाराली खोलामा नव निर्मित पुलको उद्घाटन समेत गर्नुभयो । उद्घाटनका क्रममा नगर प्रमुख बाशुदेव थापा,उपमेयर जुना बस्नेत, वडा अध्यक्षहरु उपेन्द्र केसी, रविन्द्र सापकोटा, किरण थापा, शिवराम राउत सहितको उपस्थिति रहेको थियो ।

राष्ट्रिय युवा संघ नेपालका इन्चार्जसमेत रहनुभएका नेता बस्नेतको बिशेष पहलमा सडक विभागद्वारा विनियोजित रु २ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं १ र ४ को सिमानामा पर्ने चरखण्डी पातलेटार सडक खण्डको बाटो ८ मिटर चौडा विस्तार, स्तरोन्नती र कालोपत्रे (आस्फाल्ट पिच) लागि भैरहेको कामको स्थलगत अनुगमन र निरीक्षण समेत गर्नुभयो । उक्त क्रममा नेता बस्नेतको साथमा मेयर थापा, उपमेयर बस्नेत, वडा अध्यक्ष र वडा सदस्यहरु सहितको टिम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक