पाकिस्तानमा कोइलाखानीका ११ मजदुरको अपहरणपछि हत्या

एजेन्सी, २० पौष । पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा कोइला खानीमा काम गर्ने ११ जना मजदुरको हत्याको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ । ती मजदुरहरूलाई अपहरण गरेर कोइला खानी नजिकै शनिवार हत्या गरिएको थियो ।

बीबीसीका अनुसार मारिनेहरू शिया इस्लाम सम्प्रदायका सीमान्तकृत हजारा समुदायका मानिसहरू हुन् । शिया इस्लाम धर्म मान्ने भएकाले उनीहरूलाई कट्टरपन्थीहरूले निसाना बनाउने गरेका छन् । प्रधानमन्त्री इमरान खानले उक्त घटनालाई “अमानवीय आतङ्ककारी कार्य” भन्दै निन्दा गरेका छन् । त्यो आक्रमण शनिवार अबेर राति उक्त प्रान्तको राजधानी क्वेटा नजिकैको माच सहरमा भएको हो । उक्त क्षेत्र अफगानिस्तानको सीमा नजिकै पर्छ । हतियारधारीहरूले ती मजदुरहरूलाई उनीहरूको सामूहिक वासस्थानबाट अपहरण गरेका थिए र नजिकैको पहाडमा लगेका थिए।  ६ जना मजदुरहरू घटनास्थलमै मारिएका थिए भने अन्य पाँच जनालाई अस्पताल लादै गर्दा बाटोमै निधन भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै डन पत्रिकाले लेखेको छ ।

बीबीसी सम्वाददाता सिकन्दर केर्मानीका अनुसार एउटा भिडियोमा पीडितहरूको शव क्षतविक्षत अवस्थामा देखिएको छ भने उनीहरूको हात बाँधिएको छ । न्याय माग्दै पीडितका परिवारले मुख्य सडकमा शव राखेर सवारीसाधनहरू रोकिदिएका छन् ।  अधिकारीहरूले दोषीलाई पक्राउ गर्ने बाचा गरेका छन् । सुन्नीबहुल पाकिस्तानमा हजारा समुदायलाई कट्टरपन्थीहरूले बारम्बार निसाना बनाउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा