बेलायतमा विद्यालय खुलाउने सरकारको तयारी

एजेन्सी, २० पौष । बेलायतमा कोरोना भाइरसको सङ्क्रमणको जोखिमकाबीच विद्यालय  खुलाउने तयारी भएको छ । 

प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको जोखिम बढे पनि विद्यालय खुलाउन समस्या नभएको भन्दै बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका छन । 

बीबीसीका अनुसार विद्यालय लामो समयदेखि बन्द रहँदा बालबालिकाको भविष्यमा अन्योल  बढ्न सक्ने र लाखौँ विद्यार्थीको पढाइमा समस्या भएको भन्दै उनले अभिभावकलाई खुला गरिने विद्यालयमा आफ्ना बालबालिकालाई पठाएर सहयोग गर्न आग्रह गरेका छन । 

कोरोनाको जोखिम रहेकाले यो भाइरसविरुद्ध कडा प्रतिबन्धात्मक नियमलाई भने लागू गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ ।  बेलायतले एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिडविरूद्धको खोप प्रयोगका लागि अनुमति दिइसकेको छ । 

आजदेखि झण्डै  पाँच लाख ३० हजार डोज खोप लगाउने व्यवस्था सरकारले मिलाएको छ । बेलायतमा अहिलेसम्म २६ लाख ५४ हजारभन्दा धेरैमा कोरोनाको सङ्क्रमण देखिएको छ भने ७५ हजार जनाभन्दा धेरैको ज्यान गएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपाल ‘ए’ बाट लोकेश बमले शतक बनाएका छन् ।  पहिलो टी–२०

काठमाडौँ, १५ चैत । नेपाल ‘ए’ क्रिकेट टिमले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने

काठमाडौँ, १४ चैत । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)

काठमाडौँ, १३ चैत । आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो ट्वान्टी–२० खेल नेपालले ७१ रनले जितेको छ । योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड