विश्वमा एकैदिन ७ हजार कोरोना संक्रमितको मृत्यु

एजेन्सी, २० पौष । विश्वमा एकैदिन ७ हजार ९७ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ लाख ५० हजार २०९ पुगेको छ ।

त्यस्तै विश्वमा एकैदिन ५ लाख ४ हजार ९१६ कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ८ करोड ५४ लाख ८९ हजार ४६२ पुगेको छ । तथ्याङ्क अनुसार २ करोड ३१ लाख ९५ हजार ७८५ जनामा सक्रिय संक्रमण छ । उनीहरुको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ लाख ६ हजार २२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

६ करोड ४ लाख ४३ हजार ४६८ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकैदिन १ लाख ९२ हजार १०० संक्रमित थपिएका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ११ लाख ११ हजार २९१ पुगेको छ । एकैदिन १ हजार ३८७ जनाले ज्यान गुमाएपछि अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६० हजार ७८ पुगेको छ ।

दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ३ लाख ४१ हजार २९१ पुगेको छ । अहलेसम्म १ लाख ४९ हजार ६८६ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रभावशाली नेतृ नविना लामाले कुर्सी र सत्ता स्वार्थका कारण पार्टीमा विवाद उत्पन्न

काठमाडौँ, १५ माघ । सर्वोच्च अदालतले अवहेलना सम्बन्धी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली, चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमनाथ ढुंगानालाई

काठमाडौँ, १५ माघ । थप २ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७० हजार ५

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रा कार्यकर्तालाई जंगलमा राखेर आफु दिल्लीमा बसेको बताएका