प्रचण्ड–नेपाल समूहमा फेरी गयो पहिरो

काठमाडौँ, १९ पौष । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समुहमा रहेका सुदूरपश्चिम प्रदेशसभाका ६ जना सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेका छन ।

उनीहरूले शनिबार प्रदेश पार्टी कार्यालयमा मुख्यमन्त्री तथा प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टले डाकेको संसदीय दलको बैठकमा गरिएको ३ वटा निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरी आफूहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली नेतृत्वको नेकपा संस्थापनतिर रहेको प्रमाण दिएका हुन ।

प्रदेश सभा सदस्य पठान सिंह बोहरा, लिलाधर भट्ट, गेल्बु बोहरा, महेशदत्त जोशी, नेपालु चौधरी र रतन थापाले उक्त निर्णयमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन । बैठकमा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको विरोध गर्दछ, फुट र विग्रहमा नलाग्न पार्टी कार्यकर्तालाई आह्वान गर्दछ र नेकपाको प्रदेश सभाका सदस्य विधानसम्मत बहुमतको पक्षमा रहेको स्पष्ट पार्दछ भन्ने ३ बुँदे निर्णय गरिएको छ ।

बैठकमा सहभागी ३६ मध्ये बाँकी ३० जना सांसदले भने उक्त निर्णयमा हस्ताक्षर गरेको मुख्यमन्त्री भट्ट पक्षले दावी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धुलिखेल, ८ वैशाख । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय चाँडै टुंगोमा पुग्ने विश्वास व्यक्त

पोखरा, ७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुई भ्रातृसङ्गठन  किसान महासङ्घ र खस सङ्घ गठन गरिएको छ ।

काठमाडौँ, ७ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाही गर्ने चेतावनी दिएको छ

काठमाडौँ, ७ वैशाख । कांग्रेसले सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्ति प्रक्रियामा असंवैधानिक कार्य गरेको आरोप लगाएको छ ।