कोरोनाबाट विदेशमा थप तीन जनाको मृत्यु

काठमाडौँ, १९ पौष । कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले  जनाएको छ ।

एनआरएनएका अनुसार यो साता युकेमा १ जना र  पोर्चुगलमा २ जनाको मृत्यु भएको हो । संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु  हुनेको कुल संख्या ३ सय १५ पुगेको  छ ।  

शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।  

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता  स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सप्तरी, ८ माघ । सप्तरीको डक नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु एको छ । खडक नगरपालिका-११

सर्लाही, ८ माघ । सर्लाहीको हरिवन नगरपालिका–४ मा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना

काठमाडौँ, ८ माघ । हाल देशको पूर्वी र मध्य भूभागमा बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको

वि.सं. २०७७ साल माघ ०८ गते । बिहीबार । इस्वी सन् २०२१ जनवरी २१ तारिख । नेपाल संवत् ११४१ ।