‘समृद्ध नेपालका लागि उपयुक्त आर्थिक प्रणाली’

तेजबहादुर ढकाल, काठमाडौँ

लामो संघर्ष र हजारौंको बलिदानबाट प्राप्त संघिय लोकतान्त्रिक ब्यवस्था अझै पनि संक्रमण र अस्थिरताबाट गुज्री रहेको छ । यसले राजनैतीक स्थिरता पछि आर्थिक सम्बृद्धि की अर्थिक सम्बृद्धि पछि राजनैतीक स्थिरता भन्ने द्विबिधा उत्पन्न गरेको छ । यसको गहिरो अध्ययन र अनुसन्धान गरि ठोस नीति तथा कार्यक्रम तर्जुमा गरि कार्यन्ययन गर्नु आजको पहिलो आवश्यकता हो ।

नेपालको वर्तामान परिवेसका सन्दर्भमा हामीले जनताको बहुदलीय जनवादको मर्म र भावना अनुसार विद्यमान अर्थतन्त्रमा ढाँचागत परिवर्तन गरि गतिशिलता ल्याउन जरूरी छ । सामन्तवादी र पूँजीवादी अर्थव्यवस्थामा हुने ज्याला र नाफाबीचको स्वरोजगारीमूलक र न्यायोचित प्रतिफल हुन सक्ने आर्थिक प्रणालीको विकास जरूरी छ ।

हाम्रो जनवादी अर्थव्यवस्था पूँजीवादी र समाजवादी दुबै चरित्र भएको मिश्रित अर्थतन्त्र भएकाले पनि श्रमजीवी र पूँजीपति दुबैलाई फाइदा हुने खालको पारस्परिक लाभप्रद आर्थिक प्रणाली नै हो । साथै यो समानता एवं सामाजिक न्यायमा आधारित आधारित आर्थिक ब्यवस्था हो । व्यक्तिगत सम्पतिलाई एकिकृत गर्दै सामुहिक उत्पादन मार्फत नयां उत्पादन सम्बन्धको विकास गरि ज्याला प्रधान सामन्तवादी र नाफा प्रधान पूँजीवादी व्यबस्था बीचको न्यायोचित प्रतिफल सहितको पारस्पारिक लाभप्रद आर्थिक प्रणाली नै जबजको भावना अनुकुलको आर्थिक प्रणाली हो ।

अर्थतन्त्रलाई सार्वभौमसत्ता जस्तो खम्बामा बाधेर राख्दा घट्ट जस्तो घुम्छ तर यसले कुनै दूरी पार गर्दैन । यसलाई हामीले बहुचक्रिय हस्तक्षेपद्वारा गतिशील बनाउनु पर्दछ । हामीले बिद्धमान दलाल पूँजीवादको अन्त्य गरि जनवादी पूँजीवादका माध्यमबाट सबल र आत्मनिर्भर अर्थतन्त्र को निर्माण गर्नु पर्दछ ।

साथै संविधानको निर्देशक सिद्धान्तलाई आत्मसात गर्दै सार्वजनिक, निजी र सहकारीको सफल कार्यान्वयन मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक बृद्धि हासिल गर्दै दीगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलव्धिहरुको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्नु पर्दछ ।

जसरी हेगेलको द्वन्दवाद र फायरबाखको भौतिकवादलाई मिसाएर मार्क्स र एंगेल्सले द्वन्दात्मक भौतिकवादको राजनैतिक दर्शनको विकास गरे जस्तै हामीले पनि दर्शनको दरिद्रता र दरिद्रताको दर्शनको बीचमा सम्पन्नताको खोजी गर्नु जरूरी छ । साथै कार्ल मार्क्सको पूँजी र आदमस्मिथको वेल्थ अफ नेशनमा उल्लेखित ज्याला (शोशण) र नाफा बीचको न्यायोचित प्रतिफल सहितको पारस्पारिक लाभप्रद आर्थिक प्रणालीको विकास गरि जनताको समृद्धि प्राप्त गर्नु जरूरी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ माघ । कुर्सी र पदीय स्वार्थको लागि सति जान पछि नपर्ने विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल

काठमाडौँ, ४ माघ । थप २ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ३

काठमाडौँ, ४ माघ । सरकारले घोषणा गरेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने

File photo काठमाडौँ, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई