‘प्रचण्ड सक्किनु अगाडी सूर्य चिन्ह छातिमा राखेर बर्बराउँदै छन्’

रबिन रगत

राज्यको नागरिक भए पछि सक्षम नागरिकले धेरै थोरै देशको घट्ना परिघट्ना राजनैतिक अवस्था धेरै थोरै जानकारी राखेकै हुन्छ्न र राख्नु पनि पर्छ । यसको मतलब सबै नागरिक राजनीतिप्रति नै अग्रसर भएर लाग्नुपर्छ भन्ने होइन तर देशको अवस्था वर्तमानमा भैरहेको उतारचढाव सबै नागरिकले चासो राख्नु र बुझ्न खोज्नु स्वभाबिकनै हो ।

गणतान्त्रिक मुलुक र बहुदलीय ब्यवस्थामा आफुलाई कुनै दलको समर्थनमा लाग्न पाउनु सबै सार्बभौम नागरिकको हक र अधिकार हो र उक्त अधिकारबाट बन्चित गर्ने गराउने काम कुनै पनि लोकतान्त्रिक मुलुकले गर्दैन तर पनि कोहि बुझेर नबुझेर कसैको दबाबमा लगाइन्छ भने त्यो लोकतन्त्रको उपहास हो र त्यस्तो कार्य कदापि सह्य हुँदैन ।

लोकतन्त्रमा सरकारसङ्ग असन्तुष्ट ब्यक्ती वा राजनैतिक दलले स्वस्थ राजनैतिक मुद्दामा बिरोध जनाउन आन्दोलन गर्न छुट छ तर ब्यक्तिगत अफबाहहरु फैलाएर गरिने बिरोध आन्दोलन एक किसिमको भद्दा लोकतन्त्र हो । जुन भद्दा लोकतन्त्रको आन्दोलन अहिले प्रचण्ड(माधब(झलनाथ ९मार्झन्ड० समुहका कार्यकर्ताहरुले गर्दै छन् । जहाँ देशको सम्मानिय राष्ट्रपतिदेखि देशको प्रधानमन्त्री विरुद्ध उच्छृङ्खल नाराहरु लगाइदै छ । यसरी नारा लगाउनेहरु के राजनीति बुझेर आन्दोलनमा आएका हुन वा रहरमा रमाइलो गर्न आएका हुन यसको तथ्य बुझ्न जरुरी छ ।

सत्ताको बार्गेनिङमा पद नमिल्दा असन्तुष्ट समुहले देशको उन्नति प्रगती छोडेर बराबरी सत्ताको भागबन्डा मिलेन बराबरिको सहमती कार्यन्वयन भएन । आफ्ना मान्छेहरुलाई सत्तामा भाग नमिल्दा सरकार निरंकुश तानाशाही भयो भन्दै उछिट्टिएर एकापट्टी गएर केही समुहले लान्छना लगाएर सडकमा रमिता देखाउँदै आफुनै देशको योद्धा हो र मैले मात्र गर्न सक्छु भन्दै कुर्लने साथै देशमा भएका भौतिक पुर्वाधारहरु सरकारले होइन कालिगडले बनाएका हुन भन्ने तल्लो स्तरको मन्द बुद्धि भएका ती टेस्टेड नेताहरुबाट हामीले के देशको समृद्धि सुशासन आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ त रु सकिने भए हिजो तिनिहरुनै सत्तामा हुदा किन पाइएन रु त्यो अन्दोलनमा जाने कसैले सोचेका होलान रु वा आफ्ना नेता सत्तामा गए आफू पनि सत्तामा पुग्न सकिएला वा कुनै लाभ लिन सकिएला भनेर आन्दोलनमा होमिएका हुन बुझ्न जरुरी छ ।

हिजो नौलो जनवादको सिद्धान्त बोकेर बुर्जुवा शिक्षाको काम छैन भन्दै गाउँ गाउँबाट युवाहरु बटुलेर लालसेना बनाउँदै हातमा बन्दुक भिराएर मान्छे मार्न सिकाउँदै र हसिया हतौडाको झन्डा भिराएर जङ्गलबाट सहर र शहरबाट सत्तामा पुगेको माओबादी एमाले पार्टीमा बिसर्जन गरेर एकीकृत हुँदै आज समाप्त हुने तर्खरमा छ । त्यस्को लागि हिजो गठबन्धन हुँदा निर्बाचनमा सूर्य चुनावी चिन्ह स्विकार गर्न नसक्नेले आज सूर्य चिन्ह सहितको झन्डालाई छातिमा टासेर हामी यता छौ भन्दै चिसो सडकमा बस्नुले अघिपछि घर अगाडिको तुलसिको मोठ बेवास्ता गर्नु तर मर्ने बेलामा तुलसिको मोठ वरिपरि लिपपोत गरेर अन्तिम सासको लागि तुलसिको मोठ अगाडी सुताउनु जस्तै हो । धार्मिक पराम्परामा त्यसरी अन्तिम सासको लागि तुलसिको मोठ अगाडी राखिनु अन्य कारण होला तर बैज्ञानिक अर्थमा त्यसरी राखिनु अक्सिजन कमि नहोस र र मर्ने बेलामा अन्तिम सास लिदा सजिलो होस भनेर तुलसिको मोठ अगाडी राखिने गर्छ । हो त्यसै गरि प्रचण्ड अब सकिनु अगाडी अन्तिम सासको लागि सूर्य चिन्ह छातिमा टासेर अन्तिम सास लिदै बर्बराउँदै छन् ।

कोभिड(१९ को महामारिमा जनता भोकभोकै हुँदा एक शब्द नबोल्ने, कालापानी, लिम्पियाधुराको बारेमा बोल्न आनाकानी गर्ने, जनताको समस्यालाइ नजरअन्दाज गर्ने र आज जनताको साथ सहयोग पाउन कालापानीबाट भारतियन सेना हट भन्दै नारा जुलुस लगाउदा जनतालाइ छारो हाल्ने काम गर्दैछन भन्ने पनि जनताले नबुझेका होइनन् र बुझ्दै जाँदा मेलम्चि किन आएन रु कृषिमा मल किन आएन रु पर्यटन किन वृद्धि भएन रु शिक्षामा रुपान्तरण किन भएन रु जलस्रोतमा हाइड्रो पावरहरु किन बनेन रु तिनै मन्त्रीहरु योगेश भट्टराई शक्ति बस्नेत बिना मगर घनश्याम भुसाल,गिरिराज मणि पोख्रेल लेन्डुपेहरु आज सडकबाट सत्ता उल्टाएर देशको काचुली फेर्छु भन्दै चाकरिवाद गर्नु र भन्नू कति हास्यास्पद होला जनताले नजिकबाट हेर्दैछ्न् । सत्तामा बसेर पनि यिनिहरुले काम नगरेका हुन कि यिनका टाउके मार्झन्डले ओली सरकार असफल बनाउन यिनिहरुलाई लगाम लगाएका हुन भन्ने कुरा बिस्तारै खुल्दै जाला ।

काधमा टेकेर टाउकोमा हान्ने प्रच्न्डले जब माधब नेपालले छोड्छन् तब एक टुकुडी लिएर कस्लाई हान्छन् र कुन कुनामा थन्किन्छन् त्यो हेर्ने दिन पनि धेरै टाढा छैन । बैशाख पछि केपी ओली पत्तासाफ हुन्छन् भन्नेले त्यो भन्दा अगाडी आफू पत्तासाफ हुँदैछु भन्ने थाहा नपाइ ओली सरकारलेनै बनाई दिएको चिल्ला सडकमा बसेर कुर्लदा ती सडक र रुख बिरुवाहरुले पनि अवश्य गिज्याइरहेको होला । साथै ३ पूर्वप्रधानमन्त्रीको नेतृत्व गरेको आन्दोलनमा ओली पक्ष महेश बस्नेत एक्लैले गरेको आन्दोलनको जुलुस जति पनि नहुँदा एक टुकुडिलाई पनि मार्झन्ड समुह कार्यकर्ताहरुका भत्केका आँखाहरुले महासागर देखेर बर्बराउनु अजिबनै छ ।

कुन समुहमा लाग्दा आफुलाई कति फाइदा हुन्छ भनेर लेखाजोखा गरेर हिड्ने बेला होइन । यो देश बचाउन समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई मुर्तरुप दिन देखिएका सपनाहरु पूरा गर्न र गर्न लगाउन, अन्तर्राष्ट्रिय स्तरमा आफ्नो हैसियत खडा गर्न परिवाद र सत्तावाद भोका लिप्साहरुलाई ठेगना लगाएर हरेक नेपालीहरु अब एकजुट हुनुपर्छ तसर्थ अब उठ्नुपर्छ, जुट्नुपर्छ र यस्ता दलालहरुलाई अगामी निर्वाचनबाट पत्तासाफ गराइ सुखी नेपाली समृद्ध नेपालको यात्रा तय गर्नुपर्छ ।

लेखक

चापाकोट नगरपालिका-८ स्याङ्जा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ । बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले