टेलिकमको आईपी टीभी शुक्रबारदेखि

काठमाडौँ, १५ पौष । नेपाल टेलिकमले शुक्रबारदेखि आईपी टीभी सञ्चालनमा ल्याउने भएको छ ।

दुई वर्षदेखि तयारी गरेको टेलिकमले पुस १७ गतेदेखि एनटी टीभी ब्रान्डमा फाइबर टु दी होम (एफटीटीएच)मार्फत् आईपी टीभी सेवा सञ्चालनमा ल्याउन लागेको हो । हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकामा अब आईपी टीभी सेवा थप गर्न लागेको हो ।

कम्पनीको एनटी टीभी सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच भने अपरिहार्य हुनेछ । तत्कालका लागि उक्त सेवा काठमाडौं उपत्यकाभित्र सुन्धारा, बबरमहल, ठिमी, बलम्बु, भक्तपुर, चाबहिल, छाउनी र गोंगबुमा उपलब्ध हुनेछ । यसैगरी, पाटन, हात्तीगौंडा, जोरपाटी, कीर्तिपुर, सैंबु, लुभू, नक्साल तथा उपत्यकाबाहिर बनेपामा समेत टेलिकमको एफटीटीएच नेटवर्क पुगिसकेको र प्राविधिकरुपमा एफटीटीएच वितरण गर्न सकिने स्थानहरुमा उपलब्ध हुने जनाइएको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशी हाल एफटीटीएच सेवामार्फत् भ्वाइस तथा डाटा सेवा वा दुवै सेवा लिइरहेका ग्राहकहरुले एनटी टीभी सेवा प्राप्त गर्न नजिकैको नेपाल टेलिकमको कार्यालयमा सम्पर्क गर्नुपर्ने बताउँछन् । उनका अनुसार उक्त टीभी सेवा प्रयोग गर्न ग्राहकले कम्पनीबाट सेटअप बक्स खरिद गर्नुपर्दछ भने हाल प्रयोगमा रहेको पुरानो तथा आधुनिक (नयाँ) टीभी सेटमा एनटी टीभी हेर्न सकिनेछ । विभिन्न राष्ट्रिय टीभी च्यानल तथा विदेशी च्यानलहरु उपलब्ध हुने एनटी टीभी सेवा विभिन्न प्याकेजमा वितरण हुने भन्दै आवश्यकता र उपयुक्तताअनुसार छनोट गर्न सकिने टेलिकमले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । अनौपचारिक रुपमा फुटे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा निर्वाचन आयोगको निर्णयले हलचल ल्याएको छ । पार्टीको नाम

काठमाडौँ, १४ माघ । निर्वाचन आयोगले एकता महाधिवेशनसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल नै यथावत् रहने पत्र पठाएको

काठमाडौँ, १४ माघ । सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुधबार खोप अभियान सुरु गर्दै

काठमाडौँ, १४ माघ । निवेदकतर्फकै बहस लम्बिएपछि प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइमा निवेदकबीच समन्वय गर्न इजलासले आग्रह गरेको छ । सोमबार दिउँसोबाट