काठमाडौँ, १५ पौष । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ । यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरुले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउन समेत बोर्डले आग्रह गरेको छ ।




