साफ फुटबल कात्तिक २८ बाट हुने

काठमाडौँ, १४ पौष । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको छ ।

बंगलादेशमा हुने प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म हुने तय भएको छ । पूर्वतालिकाअनुसार साफ यसैवर्ष हुनुपर्ने थियो । तर कोरोनाका कारण अर्को वर्ष प्रतियोगिता सारिएको छ ।

साफको कार्यकारी समितिको बैठकको निर्णयअनुसार महिलाका यू–१६ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने र यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन हुने भएको छ । त्यस्तै, पुरुषतर्फको यू–१५ अक्टोबर १ देखि १० सम्म सञ्चाल गर्ने निर्णय भएको छ । यस्तै, पुरुषकै यू–१५ अक्टोबर १ देखि १० सम्म र यू–१८ अक्टोबर १५ देखि २४ सञ्चालन हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा