मेयरकप ब्याडमिन्टनमा मेयर नै प्रथम

धादिङ, १३ पौष । जिल्लामा पहिलो पटक सञ्चालन गरिएको मेयरकप ब्याडमिन्टन प्रतियोगिता सकिएको छ ।  आठ विधामा सञ्चालित प्रतियोगितामा  २० समूह र १२  व्यक्ति पुरस्कृत हुनुभएको छ ।

पुरस्कृत समूहमा नीलकण्ठ नगरपालिका पुरुष युगलमा टेक गुरुङ र ईश्वर थापा मगर तथा पालिका युगलतर्फ तिनेश तिमल्सिना र रमेश कोइराला प्रथम हुनुभएको छ । पैँतालीस वर्षमाथिको भेट्रान्समा गणेशकुमार श्रेष्ठ र कृष्णकुमार श्रेष्ठ  तथा अफिसर्स युगलमा भीमप्रसाद ढुङ्गाना र दुर्गा शाही प्रथम हुनुभएको छ । भेट्रान्स खुलातर्फ राजेन्द्र अधिकारी र सबिन तामाङ प्रथम हुनुभएको छ  ।

जिल्लास्तरीय महिला सिङ्गलमा बबिता पुरी, पुरुष सिङ्गलमा सबिन तामाङ र  १९ वर्षमुनि पुरुषतर्फ शलिन गुरुङ प्रथम हुनुभएको आयोजक समितिका राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । मेयरकप ब्याडमिन्टन प्रतियोगितामा नीलकण्ठ नगरपालिकाका प्रमुख ढुङ्गाना आफैँले खेल खेलेर पुरस्कृत हुनुभएको हो ।

पुरस्कृत खेलाडीलाई  नगरपालिका प्रमुख  ढुङ्गाना, जिल्ला न्यायाधीश देवेन्द्र पौडेल, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष विष्णुलाल श्रेष्ठले समापनका अवसरमा निर्माणाधीन  ब्याडमिन्टन कभर्ड हल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र