प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने

काठमाडौँ, ९ पौष । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ ।

दाङको लमहीमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेश नं २ भिड्ने छन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा देशभरका आठ टोली सहभागी हुनेछन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । 

समूह ‘ए’ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, प्रदेश नं २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् भने समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ छन् ।  प्रतियोगिताका सबै खेल २० ओभर खेलाइने छन् । उद्घाटनको दिन दोस्रो खेल एपीएफ क्लब र कर्णाली प्रदेशबीच हुने क्यानले जनाएको छ । दुवै समूहको शीर्ष दुईदुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस १९ गते खेलाइनेछ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र