टिके अध्यक्षमा ‘जबज’ साट्ने नेता ‘माधव नेपाल’

काठमाडौँ, ७ पौष । पछिल्लो समय नेपालमा राजनीतिक गरम बढेर गएको समयमा गुट उपगुटले एक पछि अर्को निर्णय गर्दै गएका छन् । जसमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद सर्वत्र चासोको विषय बनेको छ । आम नेपाली जनतालाई मात्र नभई विश्वका नजरमा नेपालको राजनीति कुन बाटोमा अगाडी बढ्छ भन्ने विभिन्न दृष्टिकोणले विश्लेषण भइरहेको छ ।

त्यसै क्रममा आज पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको गुटले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई कारवाही गरेको अवैधानीक निर्णय सुनाएका छन् । पार्टीको विधानले स्पष्ट तोकेको छ, ‘पार्टीको आधिकारीक निर्णय हुन अध्यक्षद्वयको सहमतिमा महासचिवले बैठक बोलाई निर्णय पुस्तिकामा हस्ताक्षर हुनुपर्नेछ ।’ तर त्यसलाई लत्याउँदै प्रचण्ड–माधव गुटले पार्टीका प्रथम अध्यक्षलाई नै हटाउने निर्णय गर्नु बैधानीक कुरा त परै जाओस्, यो कुरा त हास्यास्पद मात्र हो ।

अध्यक्ष केपी ओलीलाई हटाई उक्त ठाउँमा प्रचण्डको स्तरउन्नती तथा प्रचण्डको ठाउँमा नेता नेपाललाई अध्यक्ष बनाउने निर्णय गर्नु पार्टी विभाजको घोषणा गर्नु नै भएको नेताहरुले बताए । पार्टी विभाजन त निश्चित नै भएका छ । तर अबका दिनमा नेकपा नाम कसको रहने र पार्टीको सूर्य चिन्ह कसको रहने भन्ने मुख्य लडाई रहेको देखिन्छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र हुँदा एमालेको सूर्य र माओवादीको हसिया हथौडा चुनाव चिन्ह रहेको थियो । लामो समयसम्म पार्टीको नेतृत्व लिँदा माधव नेपालले तत्कालिन एमालेलाई भाले न पोथी बनाउनुभएको इतिहास साक्षी छ । प्रचण्डले पार्टीलाई शुन्यान्तरमा रुपान्तरण गर्नुभएको इतिहास झलझलि रहेको छ ।

यसरी हेर्दा अब माधव प्रचण्डको पार्टीले हसिया हथौडालाई चुनाव चिन्ह बनाउने देखिन्छ । किनकी सूर्य चिन्ह त जनताको बहुदलीय जनवाद मान्नेले मात्र स्वीकार्न सक्छ । जुन प्रचण्डले निर्वाचनको समयमा समेत स्वीकार्न नसकेको चिन्ह हो । त्यसैले अबको माधव–प्रचण्डको चुनाव चिन्ह उही पुरानो नै हुने सम्भवना देखिएको छ । त्यो पनि अर्को पार्टीमा एकता गरेको खण्डमा मात्र । नत्र सम्भावना देखिँदैन ।

त्यस्तै माधव नेपालले त टिके अध्यक्षको लागि जबजलाई खोलामा लगेर बगाएका मात्र छैनन्, बढारेर समेत फालेका छन् । आजका दिनबाट नेता नेपाल जबजधारी नभई प्रचण्ड पथलाई सिद्धान्त अंगाल्ने औपचारिक घोषणा गरे । मदन भण्डारी पछिको जबजको रक्षक म नै हुँ भन्दै नेकपाका कार्यकर्तालाई आँखामा कसिङ्गर लगाई आफ्नो गुटमा राख्न सफल नेता नेपाललाई अब कार्यकर्ताले कुन नजरले हेर्नेहुन त्यो प्रतिक्षाको घडि बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका