टेनिस खेलाडीका परिवारलाई रु १२ लाख ८० हजार सहयोग

कास्की, ४ पौष । कास्की जिल्ला टेनिस सङ्घले टेनिस खेलाडी स्व सुरज नगरकोटीका परिवारलाई रु १२ लाख ८० हजार आर्थिक सहयोग प्रदान गरेको छ । 

नेपाल टेनिस सङ्घका केन्द्रीय उपाध्यक्ष एवं जिल्ला टेनिस सङ्घका निवर्तमान अध्यक्ष विनोद कायस्थले शुक्रबार पोखरामा आयोजित कार्यक्रममा सो सहयोग रकम नगरकोटीका श्रीमती बबितालाई हस्तान्तरण गर्नुभएको हो । सहयोग रकममध्ये रु आठ लाख स्व नगरकोटीका दुई वर्षीया छोरी शाकुराको अध्ययनलगायत अन्य खर्चका लागि बालिकाको नाममा बैंकको मुद्धति खातामा राखिएको छ । 

बाँकी रु एक लाख ५० हजार श्रीमती र रु एक लाख ५० हजार बुबा÷आमा तथा बाँकी रकम किरिया खर्चका लागि प्रदान गरिएको सङ्घका कोषाध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । सङ्घका केन्द्रीय उपाध्यक्ष कायस्थले परिश्रमी र गौरव गर्न लायक खेलाडी गुमाउँदा दुःख लागेको बताउँदै स्व नगरकोटीको छोरीलाई निःशुल्क अध्ययन अध्यापन गर्न सङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानकोट घर भएका स्व नगरकोटी पाँच वर्ष अघिदेखि पोखरामा रहेर टेनिस खेल तथा प्रशिक्षणमा आबद्ध हुनुहुन्थ्यो । गत असोज २२ गते फेवातालमा पौडी खेल्ने क्रममा डुबेर नगरकोटीको निधन भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ असोज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी

काठमाडौँ, ६ असोज । काठमाडौँको बौद्ध स्थित महेन्द्र माध्यमिक विद्यालयका एक सय ५० जनाभन्दा बढी छात्रालाई महिला हिंसाविरुद्ध आत्मरक्षा तथा

काठमाडौँ, ३ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडी राष्ट्रका गौरव र गहना भएको बताउँदै स्थानीय तहबाटै खेलाडीको

काठमाडौँ, ३० भदौ । एसियन गेम्स क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज दीपेन्द्र