काठमाडौँ, २९ मंसिर । नायिका स्वस्तिमा खड्काले फिल्म ‘चिसो मान्छे’मा १८ लाख पारिश्रमिक वुझेकी छिन् ।
दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । स्वस्तिमालाई महंगो पारिश्रमिक दिएको निर्मात्री पाण्डेले स्विकार गरेकी छन । यस्तै, निर्देशक खनालका अनुसार उक्त फिल्म यती दिनको सेड्यूलमा खिच्ने भन्ने नभएको र फिल्मका लागि ६ महिनाको समय पनि कलाकारले दिनुपर्ने हनाले समय अनुसार पारिश्रमिक दिएको हो ।
नायक अर्पण थापालाई पनि यसको टिमले लिखित संझौता गरेको छ । फिल्ममा ३ जना कलाकार रहनेछन् । फिल्मको छायांकन भने फागुणबाट सुरु गर्ने योजना रहेको दिपेन्द्रले जनाएका छन ।