काठमाडौँ, २८ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २५, ललितपुरमा ६५ र काठमाडौँमा २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १५० जना महिला र १९८ पुरुष छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८३० जना नयाँ संक्रमित थप भएका छन् ।