एजेन्सी, २८ मंसिर । बलिउड अभिनेता शाहरुख खानले कोरोना संक्रमितको उपचारका लागि ५०० रेमडेसिभर इन्जेक्सन सहयोग प्रदान गरेका छन् ।
उनले दिल्लीमा रहेका कोरोना संक्रमितलाई प्रदान गरेको सहयोगमा दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले धन्यवाद व्यक्त गरेका छन् । सामाजिक सञ्जालामा मन्त्री जैनले लेखे, “हामी शाहरुख खान र मिर फाउण्डेसनलाई यो सबैभन्दा बढि आवश्यक परेको समयमा ५०० वटा रेमडेसिभर इन्जेक्सन दान गरिदिनु भएकोमा धन्यवाद भन्न चाहन्छौं । संकटको समयमा तपाईंले प्रदान गर्नुभएको सहयोग, समर्थनको लागि हामी आभारी छौं ।”
उनको ट्विट रिट्विट गर्दै शाहरुले पनि लेखेका छन्, “धन्यवाद सत्येन्द्र जैन जी तपाईंको प्रशंसाका लागि । यो सकंटबाट हामी एकजुट भएर अघि बढ्यौैं भनेमात्रै उम्कन सक्छौं । मेरो टोली र म भविष्यमा पनि मद्दत गर्न तयार छौं । तपाईंको समूहलाई पनि धन्यवाद सेवाका लागि ।”