एजेन्सी, २८ मंसिर । पछिल्लो २४ घण्टामा विश्वमा ११ हजार ८६८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १५ लाख ८८ हजार ८५४ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।
विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ५६ हजार १८१ जनामा कोरोना संक्रमण पुष्टि भएसगै कोरोना संक्रमितको संख्या ६ करोड ९८ लाख ८ हजार ५८८ जना पुगेको छ ।