डा. भट्टराई प्रम भएको समयमा युवा स्वरोजगार कोषको करोडौं रकम दुरुपयोगः सांसद बस्नेत

भक्तपुर, २८ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा युवा स्वरोजगार कोषको करोडौं रकम दुरुपयोग गरेको बताउनुभएको छ ।

शनिवार सिल्पकार समाज भक्तपुरको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले युवा स्वरोजगार कोषमा डा. भट्टराई प्रधानमन्त्री हुँदा ठूलो दुरुपयोग भएको तथ्य सार्वजनिक गर्नुभएको हो । उक्त समयमा आफु युवा संघ नेपालको अध्यक्ष भएकाले त्यसको कडा रुपमा प्रतिवाद गरेको उल्लेख गर्दै सांसद बस्नेतले कार्यकर्ता भरण पोषणको लागि कोषको करोडौं रकम दुरुपयोग गरेको बताउनुभयो ।

‘डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा आफ्ना कार्यकर्तालाई भरण पोषण गर्नको लागि बाख्रा पाल्न फम देखाएर युवा तथा स्वरोजगार कोषको करोडौं रकम दुरुपयोग गरेको भएको छ’ उहाँले भन्नुभयो, ‘कार्यकर्तालाई संरक्षण गर्नको लागि सहकारी समेत दर्ता गरी कोषको रकम दुरुपयोग भएको छ । त्यसको आफुले युवा संघको अध्यक्ष भएकाले त्यसको विरोध शसक्त रुपले गरेको थिए । जुन समयमा प्रहरीले हानेको लाठिले लाग्दा मेरोे दुईवटा दाँत समेत भाँचिएको थियो । जुन अहिले पनि नक्कली दाँत लगाउनु परेको छ ।’

युवा स्वरोजगार कोषले रोजगारीको सिर्जना तथा उद्यमशिलताको विकास गर्नुपर्ने उल्लेख गर्दै उहाँले मुलुकको आर्थिक तथा सामाजिक विकासको लागि दक्ष नेपालीलाई विदेश पठाउने कार्यलाई रोक्न युवा स्वरोजगार कोषको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । विगतका राम्रा कामहरुलाई निरन्तरता दिई जनतासँग सहकार्यको बाटोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उहाँले साना उद्योगलाई संस्थागत रुपमा हुने झन्झटलाई कानुन नै संशोधन गरेर भए पनि अन्त्य गर्नुपर्नेसमेत बताउनुभयो ।

सिल्पकार समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा नेपालको नाम राख्न सफल भएको उल्लेख गर्दै उहाँले पुर्खाले गरेको कार्यलाई उजागर गर्न सिल्पकार समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्दै पुर्खाको अभिलेखलाई संग्राहलयको स्थापना गर्न जनप्रतिनिधिले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । औद्योगिक चेतनाको विकास गर्नु आवश्यकता रहेको औंल्याउँदै उहाँले परम्परागत काष्टकला, हस्तकला, धातुकलालगायतका कार्यहरुलार्ई प्रमोसन गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वाधार विकास गर्न समेत भक्तपुर नगरपालिकाले विभिन्न समस्याहरु खडा गरी औद्योगिक क्षेत्रको विकास गर्न नदिने गरेको गुनासो गर्दै सांसद बस्नेतले ढल, सडकलगायतका कार्यहरु गर्न नगरपालिकाले स्वीकृति नदिएका कारण औद्योगिक क्षेत्रका उद्योगहरुको अपेक्षकृत रुपमा विकास गर्न नसकिएको बताउनुभयो ।

औद्योगीक क्षेत्रको विकास र समृद्धिको लागि तीन तहका सरकारको सहकार्यमा देशभर एउटै नियम लागु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘भक्तपुर नगरपालिका औद्योगिक क्षेत्रको विकासको लागि विकल्प दिन पनि तयार छैन, राख्न पनि तयार छैन । अनि कानुनभन्दा बाहिर गएर नगरपालिकाले उक्त क्षेत्रका उद्योगलाई थप कर समेत लगाउने गरेको छ ।

गरपालिकाको भूमिका उद्योगीहरुलाई सहयोग गर्ने भन्दा पनि असहयोग गर्ने रहेको छ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु औद्योगिक क्षेत्रलाई गिजोल्ने र विथोल्ने भन्दा पनि समाधानको बाटोमा अगाडी बढ्नुस् ।’

कार्यक्रममा युवा तथा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकाहाले विगतमा कोषको नेतृत्वको कमजोरिका कारण रकम उचित ठाउँमा प्रयोग नभएकाले अबका दिनमा विगतको वेथिती दोहोरिन नदिने प्रतिवद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘कोषले युवालाई रोजगारी तथा उद्यमी बनाउन सहुलियत दरमा ऋण प्रदान गर्ने हो । जुन रकमबाट बाइक किन्न प्रयोग नहोस् ।’

करिडोर, आर्थिक क्षेत्र, पकेट क्षेत्रहरुको निर्माण गरी लगानी गर्ने योजना रहेको उल्लेख गर्दै उहाँले जनप्रतिनिधिसँग छलफल गरी जनताको माग र आवश्यकता अनुसार लगानी गर्ने योजना रहेको जानकारी गराउनुभयो । कोशी करिडोर निर्माण गर्ने तयारी भइरहेको बताउँदै उहाँले भोटेकोशी देखी चतारासम्म पाँच÷छ वटा कार्यक्रमहरु शुरु गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो । १ अर्ब ५७ करोड लगानी भएको तर प्रतिफल नआएकाले अबका दिनमा कोषले प्रतिफलमुखी योजनामा मात्र लगानी गर्ने बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले भक्तपुरमा प्रख्यात रहेका काष्टकला, सिल्पकला तथा अन्य परम्परागत कार्यलाई जगेर्ना, संरक्षण, सम्बद्र्धन तथा आधुनिक तवरले विकास गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य, संविधानसभाका अध्यक्ष एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले

काटमाठौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको कुनै पनि गतिविधिमा पार्टीका सांसदहरुले

काठमाडौँ, १५ फागुन । स्वतन्त्र युवा तथा विद्यार्थीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति प्रति कडा रुपमा

काठमाडौँ, १५ फागुन । थप ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021