अमेरिकाले भोलिदेखि कोरोनाको भ्याक्सिन लगाउन सुरु गर्ने

काठमाडौँ, २८ मंसिर । अमेरिकामा भोलिदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।

बीबीसीका अनुसार फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप भोलिदेखि लगाउन सुरु गरिने भएको छ । खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइँदैछ । पहिलो चरणमा सबै राज्यका ३० लाख अमेरिकीले भ्याक्सिन लगाउनेछन् । फाइजरको कोरोना भ्याक्सिन ९५ प्रतिशत सफल भएको दाबी गरिएको छ । फाइजरको भ्याक्सिनलाई मञ्जुरी दिन अमेरिकालाई निकै दबाब थियो ।

अमेरिकाको फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन (एफडीए)का प्रमुख स्टिफन हानले आफूले कि फाइजरको भ्याक्सिनलाई अनुमति दिने या राजीनामा दिने बताएका थिए । एफडीएका विशेषज्ञले पनि यो भ्याक्सिनको पक्षमा वकालत गरेका थिए ।

फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ । तर उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसंख्या भएको अमेरिकाका झण्डै ३० लाख जनाका लागि मात्र पुग्नेछ । त्यहाँ अहिलेसम्म १ करोड ६२ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। संक्रमित र मृतकको संख्या अहिले पनि रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य, संविधानसभाका अध्यक्ष एवं नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले

काटमाठौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको कुनै पनि गतिविधिमा पार्टीका सांसदहरुले

काठमाडौँ, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारबाही गर्न

काठमाडौँ, १५ फागुन । संयुक्त रास्ट्रसंघ मातहतको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस भएका छन् । नेपाल,

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021