अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोप स्वीकृति दिन सिफारिस

एजेन्सी, २६ मंसिर । अमेरिकी खाद्य तथा औषधि नियामक एफडिएलाई सुझाव दिने चिकित्साविज्ञहरूले फाइजर९बायोएनटेकको कोरोनाभाइरस खोपलाई आपत्कालिन रूपमा प्रयोग गर्न सकिनेगरी समर्थन जनाएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार सो खोपको गुणदोष केलाउन विज्ञहरूको २३ सदस्यिय उक्त दलले बैठक गरेपछि त्यस्तो निर्णय आएको हो ।फाइजरको खोप सर्वसाधारणका लागि लगाउन यूके, क्यानाडा, बहराइन र साउदी अरबले स्वीकृति दिइसकेका छन् ।

खोपलाई एफडिएका खोप प्रमुखले औपचारिक स्वीकृति दिने काम बाँकी छ जुन आउँदा केही दिनमा हुने अपेक्षा गरिएको छ । खोपबारे विज्ञहरूको सिफारिस अमेरिकामा एकैदिन तीन हजार बढिले कोरोनाभाइरस जोडिएका घटनामा ज्यान गुमाएको भोलिपल्ट आएको छ । एकैदिन मृत्युको त्यस्तो सङ्ख्या विश्वमै अहिलेसम्मको उच्च हो ।

सङ्घीय सरकारको खोप वितरण कार्यक्रम अपरेसन र्याहप स्पीडले खोप स्वीकृत भएको २४ घण्टामै खोप वितरण सुरु हुने जनाएको छ। फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ फागुन । हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा

काठमाडौँ, १० फागुन । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् । एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राममा

काठमाडौँ, ९ फागुन । बलिउड अभिनेत्री करिना कपुरले दोस्रो सन्तानलाई जन्म दिएकी छन् । आज बिहान मुम्बइको ब्रिज क्यान्डी अस्पतालमा

काठमाडौँ, ९ फागुन । वरिष्ठ अभिनेता तथा क्याप्टेन बिजय लामा अभिनित ‘मान्छे’ बोलको म्युजिक भिडियो रिलीज भएको छ । जीवन शाहीको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021