स्वास्थ्य मन्त्रालयले भन्यो : ‘अहिले नै स्कुल नखोल्नू’

काठमाडौँ, २६ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेको छ । मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति जनाएको छ ।

प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताए । ‘आधिकारिक निकायले अनुमति नदिइकन कक्षा सञ्चालन गर्नु हुँदैन । घरमै बसिरहेका बालबालिकालाई समेत संक्रमण भएको छ’, प्रवक्ता गौतमले भने, ‘अहिले स्कुल खोलेर पठनपाठन गराउँदा संक्रमण बढ्न सक्छ । अभिभावकमा समेत संक्रमणको जोखिम बढाउँछ ।’

गौतमले कोरोना संक्रमण दर कायमै रहेकाले विद्यालयमा पठनपाठन सुरु गर्दा कोरोना भाइरस संक्रमणको जोखिम झन् बढ्ने बताए । ‘सरकारले कोरोना संक्रमणको जोखिम बुझेर नै विद्यालय बन्द गरेको हो । जुन यथावत् नै छ’, उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘विद्यार्थी भर्ना गर्न मिल्छ । तर, कक्षा सञ्चालन गर्न मिल्दैन ।’

शिक्षा मन्त्रालयले स्थानीय तहको अनुमतिमा विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि मुलुकभरका कतिपय स्थानीय तहमा शैक्षिक संस्था खुलेका छन् । पठनपाठनसमेत सुरु भइसकेको छ । स्वास्थ्यका प्रवक्ता गौतमले कोरोना संक्रमण कायमै रहेको बेला विद्यालयमा पठनपाठन सुरु गर्ने बेला भइनसकेको बताए । ‘अहिले संक्रमण कम भएको मात्र हो । संक्रमणको जोखिम यथावत् नै छ । पठनपाठन सुरु गर्दा बालबालिकाहरू संक्रमण भए त्यसको जिम्मेवारी कसले लिन्छ ?’, डा. गौतमले भने ।

काठमाडौं उपत्यकासहित मुलुकका कतिपय स्थानीय तहमा विद्यालय पुनः सञ्चालन हुन थालेका छन् । विद्यालय सञ्चालन कार्यविधिमा संक्रमणको जोखिम, विद्यार्थी संख्या, भौतिक पूर्वाधारको अवस्था कक्षा सञ्चालनलगायत मोडालिटी र विकल्प सिफारिस गरिएको छ ।

विद्यालयले भने गुणस्तरीय मास्क, भौतिक दूरीलगायतका सुरक्षा मापदण्ड पालना गराउन नसक्दा कतिपय विद्यालयमा शिक्षक र विद्यार्थीसमेत संक्रमित हुन पुगेका छन् । ललितपुरको गोदावरीस्थित नवज्योति माध्यमिक विद्यालयले शिक्षकलाई कोरोना संक्रमण भएपछि पठनपाठन बन्द गरेको छ । यो समाचार आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कञ्चनपुर, १३ फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरमा डेरा गरी बस्ने एक विद्यार्थीको आज छतबाट लडेर मृत्यु भएको छ ।  मृत्यु

वीरगञ्ज, १३ फागुन । स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुईजना भारतीय नागरिकलाई बाराबाट प्रहरीले पक्राउ गरेको छ ।

सिरहा, १३ फागुन । सिरहाको मिर्चैया नगरपालिका– ७ स्थित सामुदायिक वन क्षेत्रमा आज बिहान सडेको अवस्थामा एक महिलाको शव फेला

मकवानपुर, १३ फागुन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । आज बिहान ना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021